Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

नागरिकता सिफारिस अनलाइनबाटै उपलब्ध

२ बैशाख २०८२, मंगलवार ११:१९

काठमाडौं। काठमाडौं महानगरपालिकाले नागरिकता प्रमाणपत्रका लागि आवश्यक पर्ने सिफारिस अनलाइन प्रणालीमार्फत दिने सेवा आजदेखि सुरु गरेको छ।

अब काठमाडौंमा बसोबास गर्ने नागरिकले वडा कार्यालय जानु नपरीकनै घरबाटै अनलाइनमार्फत नागरिकता सिफारिसको आवेदन दिन सक्नेछन्। सेवाग्राहीले अनलाइन फारम भरी आवश्यक कागजातहरू अपलोड गरेपछि सम्बन्धित वडा कार्यालयले सो अनुरूप सिफारिस प्रक्रिया अघि बढाउनेछ।

सिफारिस तयार भएपछि नागरिकले त्यसलाई डिजिटल रूपमा डाउनलोड गर्न वा आवश्यक परेमा कार्यालयबाट प्रिन्ट निकाल्न सक्नेछन्।

काठमाडौं महानगरपालिकाले सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र सहज बनाउन यो प्रणाली लागू गरेको जनाएको छ।

यस प्रणालीमार्फत सेवा लिँदा समय र भीड दुबै कम हुने अपेक्षा गरिएको छ। महानगरले आगामी दिनमा अन्य सिफारिस तथा प्रशासनिक सेवाहरू पनि अनलाइनमै ल्याउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्