Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

नागरिकता सिफारिस अनलाइनबाटै उपलब्ध

२ बैशाख २०८२, मंगलवार ११:१९

काठमाडौं। काठमाडौं महानगरपालिकाले नागरिकता प्रमाणपत्रका लागि आवश्यक पर्ने सिफारिस अनलाइन प्रणालीमार्फत दिने सेवा आजदेखि सुरु गरेको छ।

अब काठमाडौंमा बसोबास गर्ने नागरिकले वडा कार्यालय जानु नपरीकनै घरबाटै अनलाइनमार्फत नागरिकता सिफारिसको आवेदन दिन सक्नेछन्। सेवाग्राहीले अनलाइन फारम भरी आवश्यक कागजातहरू अपलोड गरेपछि सम्बन्धित वडा कार्यालयले सो अनुरूप सिफारिस प्रक्रिया अघि बढाउनेछ।

सिफारिस तयार भएपछि नागरिकले त्यसलाई डिजिटल रूपमा डाउनलोड गर्न वा आवश्यक परेमा कार्यालयबाट प्रिन्ट निकाल्न सक्नेछन्।

काठमाडौं महानगरपालिकाले सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र सहज बनाउन यो प्रणाली लागू गरेको जनाएको छ।

यस प्रणालीमार्फत सेवा लिँदा समय र भीड दुबै कम हुने अपेक्षा गरिएको छ। महानगरले आगामी दिनमा अन्य सिफारिस तथा प्रशासनिक सेवाहरू पनि अनलाइनमै ल्याउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्