Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

त्रिविमा प्रमाणपत्रका लागि अनलाइनबाटै निवेदन दिने सकिने

२ बैशाख २०८२, मंगलवार ११:२५

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रमाणपत्रका लागि अब अनलाइनबाटै निवेदन दिन मिल्ने व्यवस्था सुरु गरेको छ। विद्यार्थीहरूले अब विश्वविद्यालयको सम्बन्धित वेवपोर्टलमार्फत नै आवश्यक प्रमाणपत्रहरूका लागि घरमै बसेर आवेदन दिन सक्ने छन्।

यो प्रणाली लागू भएसँगै अब विद्यार्थीहरूले लामो लाइन बस्न, फिजिकल फर्म भर्न वा बारम्बार विश्वविद्यालय धाउनुपर्ने बाध्यता हट्नेछ।अकाडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, चरित्र प्रमाणपत्र लगायतका कागजातहरू अब डिजिटल फर्म भरी, आवश्यक स्क्यान कागजात अपलोड गरी सजिलै माग गर्न सकिनेछ।

त्रिविका अनुसार अनलाइन प्रणालीबाट आएको निवेदनहरू विश्वविद्यालयको सम्बन्धित शाखाले डिजिटल रूपमा प्रक्रिया अघि बढाई सेवा प्रवाह गर्नेछ। सेवा पारदर्शी, छरितो र सहज बनाउन यो कदम उठाइएको विश्वविद्यालयले जनाएको छ।

त्रिविले आज सोमबार बिहान ११ बजेबाट नै सो सेवा सुचारु गरेको हो । आगामी जेठ १५ गतेबाट त्रिवि पनिका बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट नै सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्