Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

त्रिविमा प्रमाणपत्रका लागि अनलाइनबाटै निवेदन दिने सकिने

२ बैशाख २०८२, मंगलवार ११:२५

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रमाणपत्रका लागि अब अनलाइनबाटै निवेदन दिन मिल्ने व्यवस्था सुरु गरेको छ। विद्यार्थीहरूले अब विश्वविद्यालयको सम्बन्धित वेवपोर्टलमार्फत नै आवश्यक प्रमाणपत्रहरूका लागि घरमै बसेर आवेदन दिन सक्ने छन्।

यो प्रणाली लागू भएसँगै अब विद्यार्थीहरूले लामो लाइन बस्न, फिजिकल फर्म भर्न वा बारम्बार विश्वविद्यालय धाउनुपर्ने बाध्यता हट्नेछ।अकाडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, चरित्र प्रमाणपत्र लगायतका कागजातहरू अब डिजिटल फर्म भरी, आवश्यक स्क्यान कागजात अपलोड गरी सजिलै माग गर्न सकिनेछ।

त्रिविका अनुसार अनलाइन प्रणालीबाट आएको निवेदनहरू विश्वविद्यालयको सम्बन्धित शाखाले डिजिटल रूपमा प्रक्रिया अघि बढाई सेवा प्रवाह गर्नेछ। सेवा पारदर्शी, छरितो र सहज बनाउन यो कदम उठाइएको विश्वविद्यालयले जनाएको छ।

त्रिविले आज सोमबार बिहान ११ बजेबाट नै सो सेवा सुचारु गरेको हो । आगामी जेठ १५ गतेबाट त्रिवि पनिका बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट नै सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्