Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
समाचार

समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु-रवि लामिछाने

८ आश्विन २०८१, मंगलवार १४:१२

८ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका छन् ।

मंगलबार साँझ फेसबुक लाइभमा आउँदै सभापति लामिछानेले समितिले प्रतिवेदनमा गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका हुन् । उनीमाथि समितिले गोर्खा मिडिया नेटवर्क मार्फत सहकारीको बचत रकम अपचलनको आरोपमा कारबाहीको सिफारिस गरेको छ ।

लामिछानेले भने, ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।’

प्रतिक्रिया दिनुहोस्