Trending
घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत     |     मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि खोसियो निमित्तको आर्थिक अधिकार     |     विदेशका स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियाको जेलमा अझै ४९ जना     |     वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |    
समाचार

एमाले र कांग्रेसकै कार्यकर्ताले नेताहरुलाई सिंहदरवारबाट लखेटनेछ : प्रभु साह

२ बैशाख २०८२, मंगलवार १२:१५

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा –एमाले)का इमानदार नेताकार्यकर्ताहरुले नेताहरुको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरेका छन् ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाट खतरा रहेको बताए ।

‘नेपाली कांग्रेस र नेकपा एमालेका इमानदार नेताकार्यकर्ताहरुले यि नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् । नेताहरुको लुट, भ्रष्टाचार तपाईकै पार्टीका नेताकार्यकर्तालाई बढी थाहा छ,’ आजपा अध्यक्ष साहले भने, ‘अत्याचार बिरुद्ध गठित पार्टी जहाँ मदन भण्डारी, विपी कोइरालाको बिचार प्रवाहित भईरहेको छ । त्यो पार्टीले नेताहरुको कुकर्मलाई कदापी स्वीकार्दैनन् ।’

सिंहदरवारबाट भ्रष्ट नेताहरुले कुर्सी खाली गरे मात्रै मुलुकले अहिलको संकटबाट निकास पाउने बताउदै उनले भने, ‘हामीले पटक पटक भनेका छौं, तपाईहरुले कुर्सी छोड्नु । सिंहदरबार खाली गर्नुस् । नेताहरु मालामाल भए, जनता लचार भए । यदी तपाईहरुले कुर्सी छोड्नु भएनन भने जनताले लतारेर निकाल्छन् । तपाईहरुको पार्टीमा हजारौं कार्यकर्ताहरु पनि छन्, जसले तपाईहरुको लुट, भ्रष्टाचार पनि हेरिरहेका छन् । उनीहरुले पनि तपाईलाई छोड्नेवाला छैनन् ।’

अहिले मुलुक गम्भिर संकटबाट गुज्रिरहेको बताउदै उनले नेताहरुले जतिछिटो सिंहदरबारबाट कुर्सी खाली गर्छन् त्यति छिटै नै मुलुकको संकट समाधान हुने बताए ।

प्रतिक्रिया दिनुहोस्