Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जीत

३ बैशाख २०८२, बुधबार १०:४२

काठमाडौँ। नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जीत हासिल गरेको छ । बुधबार नेपालले मुलपानी माथिल्लो क्रिकेट मैदानमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेको हो ।

हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले जम्मा १२.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि साहिल पटेलले अविजित ४२, कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाएका छन् ।

हङकङका लागि एकमात्र विकेट सायन पुरीले लिएका हुन । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेहोरेको हङकङ अंकविहिन छ ।

यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो भने हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएर नेपालसँग भिडन आएको हो ।

प्रतिक्रिया दिनुहोस्