Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच दीर्घकालीन सहकार्य

३ बैशाख २०८२, बुधबार ११:०८

काठमाडौं। कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका लागि पाँच वर्षे दीर्घकालीन सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार आईसीटी विकास, दक्ष जनशक्ति उत्पादन, अनुसन्धान, तालिम, सेमिनार, इन्टर्नशिप तथा उद्योग–शिक्षा सहकार्यमा काम गरिनेछ। सहकार्य समन्वयका लागि विश्वविद्यालयबाट डा. राजीव सुब्बा र महासंघबाट रणजित कुमार पोदार फोकल पर्सन तोकिएका छन्।

यही अवसरमा विश्वविद्यालयले २०२५ मे १६ देखि सुरु हुने शैक्षिक सत्रका लागि दुई स्नातकोत्तर आईटी कार्यक्रम— आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्समा २५ देखि १०० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। आवेदन अप्रिल २३ भित्र अनलाइनमार्फत गर्न सकिनेछ।

क्यान अध्यक्ष सुनैना घिमिरे पाण्डे र विश्वविद्यालय अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले यो सहकार्यले डिजिटल क्षेत्रको विकास र नवप्रवर्तनमा ऐतिहासिक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्