Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच दीर्घकालीन सहकार्य

३ बैशाख २०८२, बुधबार ११:०८

काठमाडौं। कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका लागि पाँच वर्षे दीर्घकालीन सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार आईसीटी विकास, दक्ष जनशक्ति उत्पादन, अनुसन्धान, तालिम, सेमिनार, इन्टर्नशिप तथा उद्योग–शिक्षा सहकार्यमा काम गरिनेछ। सहकार्य समन्वयका लागि विश्वविद्यालयबाट डा. राजीव सुब्बा र महासंघबाट रणजित कुमार पोदार फोकल पर्सन तोकिएका छन्।

यही अवसरमा विश्वविद्यालयले २०२५ मे १६ देखि सुरु हुने शैक्षिक सत्रका लागि दुई स्नातकोत्तर आईटी कार्यक्रम— आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्समा २५ देखि १०० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। आवेदन अप्रिल २३ भित्र अनलाइनमार्फत गर्न सकिनेछ।

क्यान अध्यक्ष सुनैना घिमिरे पाण्डे र विश्वविद्यालय अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले यो सहकार्यले डिजिटल क्षेत्रको विकास र नवप्रवर्तनमा ऐतिहासिक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्