Trending
गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन     |     देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री     |     सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस् : प्रधानमन्त्री     |     चलचित्र ‘के घर के डेरा : घर नं २’ ‘के घर के डेरा’को सिक्वेल हो…     |     सिक्किममा निश्चललाई स्वर्ण     |     पत्रकार सुरेश रजक हत्या प्रकरण : उच्चस्तरीय छानविन गठन गर्न प्रेस संगठनको माग     |     सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |     वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो     |     द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री     |     इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर     |    
समाचार

बीवाईडी ईभीका प्रमुख कम्पोनेन्टहरूमा थपियो दीर्घकालीन वारेन्टी

३ बैशाख २०८२, बुधबार ११:२४

काठमाडौँ। नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी)मा कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागू गरेको छ।

नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी)मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात् कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागू गरिएको हो ।​ ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने छ । ​

ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने छ । बीवाईडीका एडभान्स इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो ।

ब्याट्री वारेन्टी

पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्‍याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो ।

मोटर वारेन्टी

८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्‍याइएको छ । यसले हाम्रा मूल्यवान ग्राहकहरूमा लामो समय सम्म मानसिक शान्ति सुनिश्चित गर्नेछ ।

होल भेइकल वारेन्टी

लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पुर्‍याइएको छ ।

जनरल भेइकल पार्ट्स वारेन्टी

अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पार्ट्स वाहेकका सबै भेइकल पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पुर्‍याइएको छ ।

यो एक्सटेन्डेड वारेन्टी नीतिले बीवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनीयताप्रतिको बलियो विश्वासलाई झल्काउँछ । ग्राहकलाई एउटा विश्वासको अनुपम भावना र दीर्घकालीन आश्वासन प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ, जसले ईभीको अपनत्वलाई एउटा तनावरहित अनुभव प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्