Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच नयाँ रणनीतिक सहकार्यको शुरु

३ बैशाख २०८२, बुधबार ११:३८

काठमाडौँ।  नेपालको अग्रणी सफ्टवेयर र फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रालि र एपीआई प्रविधिमा नेतृत्व गर्ने वन पोइन्ट फाइनान्सियल सर्भिसेज बीच रणनीतिक साझेदारी भएको छ।

यस साझेदारी अन्तर्गत, पुमोरी कोर बैंकिङ सिस्टम प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत, सुरक्षित र मापदण्ड अनुरूप एपीआई सेवा प्रदान गरिनेछ।

साझेदारीमा पुमोरीको टीटुपी र पीडीएक्स प्रणालीलाई एपीआई म्यानेजरसहितको उन्नत संस्करणले प्रतिस्थापन गर्ने योजना छ। वन पोइन्टको एपीआई म्यानेजमेन्ट प्रणाली नेपालका १६ भन्दा बढी वाणिज्य बैंक र ७ अन्तर्राष्ट्रिय बैंकद्वारा प्रयोग भइरहेको छ। यस सहकार्यले ई-बैंकिङ, मोबाइल बैंकिङ र स्वचालित बैंकिङ सेवामा थप प्रभावकारी विस्तार गर्नेछ।

इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदी र वन पोइन्टका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले यो साझेदारीलाई नेपाली बैंकिङ क्षेत्रको डिजिटल यात्रामा महत्त्वपूर्ण माइलस्टोनको रूपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्