Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच नयाँ रणनीतिक सहकार्यको शुरु

३ बैशाख २०८२, बुधबार ११:३८

काठमाडौँ।  नेपालको अग्रणी सफ्टवेयर र फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रालि र एपीआई प्रविधिमा नेतृत्व गर्ने वन पोइन्ट फाइनान्सियल सर्भिसेज बीच रणनीतिक साझेदारी भएको छ।

यस साझेदारी अन्तर्गत, पुमोरी कोर बैंकिङ सिस्टम प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत, सुरक्षित र मापदण्ड अनुरूप एपीआई सेवा प्रदान गरिनेछ।

साझेदारीमा पुमोरीको टीटुपी र पीडीएक्स प्रणालीलाई एपीआई म्यानेजरसहितको उन्नत संस्करणले प्रतिस्थापन गर्ने योजना छ। वन पोइन्टको एपीआई म्यानेजमेन्ट प्रणाली नेपालका १६ भन्दा बढी वाणिज्य बैंक र ७ अन्तर्राष्ट्रिय बैंकद्वारा प्रयोग भइरहेको छ। यस सहकार्यले ई-बैंकिङ, मोबाइल बैंकिङ र स्वचालित बैंकिङ सेवामा थप प्रभावकारी विस्तार गर्नेछ।

इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदी र वन पोइन्टका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले यो साझेदारीलाई नेपाली बैंकिङ क्षेत्रको डिजिटल यात्रामा महत्त्वपूर्ण माइलस्टोनको रूपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्