Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
समाचार

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

८ आश्विन २०८१, मंगलवार १४:१५

८ असोज, वीरगञ्जनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि मुलुक शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बन्दै गएको बताएका छन्।

पर्साको पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभुत अस्पताल भवनको आज उद्‌घाटन गर्दै उनले सङ्घीयतालाई थप बलियो बनाउँदै नागरिकहितमा काम गर्नुपर्नेमा जोड दिए । 

‘मुलुक सङ्घीय संरचनामा गइसकेपछि सोही ढाँचाअनुसार नै क्रमशः शिक्षा र स्वास्थ्य क्षेत्रको विकास हुँदै गइरहेको छ। सरकारले आधारभूत सेवालाई जनस्तरसम्म पुर्याउनको लागि अधिकतम प्रयास गर्दै आइरहेको छ, जसको फलस्वरूप आज यहाँ पनि अस्पताल स्थापना भएको छ’, देउवाले भने, ‘अहिले जनताको सबैभन्दा ठूलो आवश्यकता नै स्वास्थ्य उपचार र शिक्षा हो।’

सभापति देउवाले आधारभूत अस्पताललाई जनतालाई स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न अनुरोध गरे।  त्यसअघि त्यही कार्यक्रममा सहभागी हुन गएका देउवाले सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विरुद्धमा सार्वजनिक कार्यक्रममा नाराबाजी गर्ने कार्य पनि उत्छृंखल तत्त्वले गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्