Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

८ आश्विन २०८१, मंगलवार १४:१५

८ असोज, वीरगञ्जनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि मुलुक शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बन्दै गएको बताएका छन्।

पर्साको पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभुत अस्पताल भवनको आज उद्‌घाटन गर्दै उनले सङ्घीयतालाई थप बलियो बनाउँदै नागरिकहितमा काम गर्नुपर्नेमा जोड दिए । 

‘मुलुक सङ्घीय संरचनामा गइसकेपछि सोही ढाँचाअनुसार नै क्रमशः शिक्षा र स्वास्थ्य क्षेत्रको विकास हुँदै गइरहेको छ। सरकारले आधारभूत सेवालाई जनस्तरसम्म पुर्याउनको लागि अधिकतम प्रयास गर्दै आइरहेको छ, जसको फलस्वरूप आज यहाँ पनि अस्पताल स्थापना भएको छ’, देउवाले भने, ‘अहिले जनताको सबैभन्दा ठूलो आवश्यकता नै स्वास्थ्य उपचार र शिक्षा हो।’

सभापति देउवाले आधारभूत अस्पताललाई जनतालाई स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न अनुरोध गरे।  त्यसअघि त्यही कार्यक्रममा सहभागी हुन गएका देउवाले सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विरुद्धमा सार्वजनिक कार्यक्रममा नाराबाजी गर्ने कार्य पनि उत्छृंखल तत्त्वले गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्