Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
समाचार

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

४ बैशाख २०८२, बिहीबार ०३:५२

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २० पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३० पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रूपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६४ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १४ रूपैयाँ र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ८३ पैसा र बिक्रीदर २० रूपैयाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७ रूपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रूपैयाँ २४ पैसा र बिक्रीदर ४४८ रूपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८६ पैसा रहेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्