Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
समाचार

प्रधानाध्यापक सरुवाको विरोधमा विद्यार्थीद्वारा नगर कार्यालयमा तोडफोड

८ आश्विन २०८१, मंगलवार १४:२०

८ असोज, रौतहटरौतहटको देवाही गोनाही नगरपालिकाको अवस्था तनावग्रस्त बनेको छ। देवाहीका मेयर प्रेमलाल साहले मनोमानी ढंगले एउटा विद्यालयको प्रधानाध्यापकको सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि सो नगरपालिकाको अवस्था तनावग्रस्त बन्न पुगेको हो।

दर्जनौँको सङ्ख्यामा गएका विद्यार्थीले मंगलबार अपराह्न मेयर प्रेमलाल साहविरुद्ध नारा लगाउँदै नगरपालिका अगाडि विरोध प्रदर्शन गरेका थिए । आन्दोलित विद्यार्थीहरूले ढुङ्गामुढा गर्दा नगरपालिका भवनको सम्पूर्ण झ्यालको सिसा फुटेको छ ।

जयकिसान मावि धरहरिका प्रधानाध्यापक सञ्जय साहको सरुवाको हल्ला चलेपछि विद्यार्थी तोडफोडमा उत्रिएका हुन् । प्रधानाध्यापक सञ्जय साह, वडा ९ का अध्यक्ष बीरबहादुर साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भन्ने श्यामानन्दन साह, स्थानीय राजेश साह, रञ्जन साह, गुदु यादव, नागेन्द्र यादव, लखिन्द्र भन्ने नबी लाल साहले पूर्वाग्रह राखेर विद्यार्थी उचालेर प्रदर्शन र तोडफोड गराएको देवाही गोनाहीका मेयर प्रेमलाल साह कानुले बताए ।

मंगलबार नगरपालिकाको कार्यकक्षमा शिक्षा समितिको बैठक चलिरहेको थियो । सोही क्रममा एक्कासी आएका विद्यार्थीको समूहले  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग प्रधानाध्यापक संजय प्रसाद साहको सरुवा बदर हुनुपर्ने भन्दै प्रदर्शन तथा तोडफोड सुरु गरेको मेयर कानुले बताए ।

विद्यार्थीद्वारा गरिएको तोडफोड र ढुंगामुढा बाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको मेयर कानुको भनाइ छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले विद्यार्थीका तर्फबाट ढुंगामुढा हुँदा तीन जना प्रहरी घाइते भएको बताइन् । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्