Trending
ल्हेन्दे खोलाको बाढीबाट विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो     |     कालीकोटमा गोठालो गएका व्यक्तिको भीरबाट लडेर मृत्यु     |     हमासले भन्यो : इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव     |     संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा     |     मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यु     |     हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड     |     जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द     |     नेपाली कांग्रेसले १५ नेतामाथि कारबाही गरेपछि शेखर समूह असन्तुष्ट, भोलि बैठक बस्दै     |     गण्डकी प्रदेशका लेखा अधिकृत झलक शर्माविरुद्ध ३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा     |     कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ     |    
समाचार

पत्रकार सुरेश रजक हत्या प्रकरण : उच्चस्तरीय छानविन गठन गर्न प्रेस संगठनको माग

५ बैशाख २०८२, शुक्रबार ०८:३७

काठमाडौं। समाजवादी प्रेस संगठन नेपालले पत्रकार सुरेश रजकको हत्या प्रकरणको बारेमा उच्चस्तरीय छानविन समिति बनाएर सत्य, तथ्य छानविन गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको छ ।

संगठनले बिहीबार काठमाडौंको रत्नपार्क, शान्तिबाटिकामा मौन प्रदर्शन गरेको छ । गत १५ चैतमा तिनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा एक घरमा पत्रकार रजकको जलेर मृत्यु भएको थियो । पत्रकार रजक सहित दुई जनाको मत्यु भएको थियो भने हिंसात्मक प्रदर्शनका क्रममा सरकारी, निजि, पार्टी कार्यालय, व्यापारिक भवनमा लुटपाट, आगजनी, तोडफोड समेत भएको थियो ।

संगठनले पत्रकार रजकको मृत्यु नभई हत्या भएको जनाएको छ । रजकको हत्या बारेमा उच्चस्तरीय छानविन समिति गठन गरी छानविन गर्नुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने, शहिद घोषणा गर्नुपर्ने, उनको परिवारलाई क्षतिपुर्ति दिनुपर्ने लगायतका माग गर्दै आन्दोलनमा उत्रेको संगठनका उपाध्यक्ष सुभाष साहले जनाएका छन् ।

प्रदर्शन हिंसात्मक बनेको दृश्य छायांकन गरिरहेका संचारकर्मी रजकको रहस्यमय तवरले जलेर मृत्युभएपछि संगठनले विभिन्न माग गर्दै आन्दोलनमा उत्रेको हो । सभालाई समापन गर्दै संगठनका अध्यक्ष एवं वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले यति ठूलो घटना हुनु र जनधनको ठूलो क्षति हुँदा पनि सरकारले छानबिन आयोग गठन नगर्नुले घटना थप रहस्यमय भएको बताए ।

‘सरकारले आफ्नो गल्ती, कमजोरी लुकाउन छानबिन आयोग गठन नगरे पनि सुरेश रजकको हत्याको छानबिन आयोग पत्रकारहरुसँग सम्बन्धित संगठनहरुले मिलेर गर्नुपर्ने अवस्था आएको छ,’ श्रेष्ठले भने ।

यस्तै नेपाल पत्रकार महासंघका पूर्वकार्यवाहक अध्यक्ष एवं वरिष्ठ पत्रकार रमेश विष्टले संचारकर्मी रजकको मृत्यु प्रकरणमा प्रदर्शन आयोजक प्रमुख नवराज सुवेदी र दुर्गा प्रसाईंमाथि संगठनले ज्यान मुद्दा जाहेरी दर्ता गर्नुपर्ने बताए ।

दिवंगत सुरेश का दाजु दिनेश रजकले भाइको विभत्स तरिकाले हत्या गरेर पत्रिकाले छोपेको अवस्थामा शव फेला परेको जानकारी गराउँदै अपराधीहरुले घटनाको वास्तविकता लुकाउन सुरेशले त्यसबेला दृश्य छायांकन क्यामेरा र मोबाइल लुटेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकारहरु, संगठनका पदाधिकारी, सदस्य सहित बिभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । यस अघि संगठनले रजकको परिवारलाई आर्थिक सहयोग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्