Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

चलचित्र ‘के घर के डेरा : घर नं २’ ‘के घर के डेरा’को सिक्वेल हो अथवा नयाँ हो ?

५ बैशाख २०८२, शुक्रबार ०८:४५

काठमाडौं। चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । केही दिन अगाडि टिजर रिलिज गरेको निर्माणपक्षले घर नं २ लाई जेठ २ गते रिलिज गर्दैछ ।

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’को विषयलाई लिएर दर्शकमा कौतुहलता देखिएको छ । ‘पशुपतिप्रसाद १’को झल्को टिजरले दिएको भनेर सिनेमाको चर्चा भइरहेको छ ।

‘के घर के डेरा : घर नं २’ दुई वर्ष अगाडि रिलिज भएको ‘के घर के डेरा’को सिक्वेल हो अथवा नयाँ हो ? यसमा धेरैको जिज्ञासा छ । किन भने टिजरले ‘के घर के डेरा : घर नं २’ सिक्वेल भएको संकेत गर्दैन । तर, नामले भने सिक्वेल भएको जनाउँछ ।

निर्देशक दीपेन्द्र के खनाल ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको बताउँछन् । “यो के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा सिनेमामा छ । तर, यो के घर के डेराको सिक्वेल होइन,” उनी भन्छन्, “यो बिलकुल नयाँ सिनेमा हो । नयाँ कथा हो । यो सिनेमाले नयाँ कथा लिएर आउँछ ।”

‘के घर के डेरा’ कमेडी बेसमा बनेको सिनेमा भएको भन्दै निर्देशक दीपेन्द्र ‘के घर के डेरा : घर नं २’ सोसल ड्रामा भएको प्रष्ट पार्छन् । आफ्नो पहिचान झल्कने सिनेमा ‘के घर के डेरा : घर नं २’ भएको उनी बताउँछन् ।

“यसमा मेरो ओर्जिनल फ्लेबर आउँछ । म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ,” उनी भन्छन्, “यो सिनेमा मार्फत म आफ्नो जनरा सिनेमामा फर्किएको छु ।”

सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

प्रतिक्रिया दिनुहोस्