Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन

५ बैशाख २०८२, शुक्रबार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन परेको छ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार भट्टको योग्यता नपुगेको दाबी गर्दै पूरक निवेदन दर्ता गरेका हुन्।  यसअघि उनीहरूले ६५ वर्षे उमेर हद हटाउनेगरी गरिएको मापदण्ड संशोधनविरुद्ध रिट दर्ता गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो।

सोही रिटमा पूरक निवेदन दिँदै भट्टको योग्यता नपुगेको भन्दै नियुक्ति नगर्न माग गरिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्