Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन

५ बैशाख २०८२, शुक्रबार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन परेको छ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार भट्टको योग्यता नपुगेको दाबी गर्दै पूरक निवेदन दर्ता गरेका हुन्।  यसअघि उनीहरूले ६५ वर्षे उमेर हद हटाउनेगरी गरिएको मापदण्ड संशोधनविरुद्ध रिट दर्ता गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो।

सोही रिटमा पूरक निवेदन दिँदै भट्टको योग्यता नपुगेको भन्दै नियुक्ति नगर्न माग गरिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्