Trending
ल्हेन्दे खोलाको बाढीबाट विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो     |     कालीकोटमा गोठालो गएका व्यक्तिको भीरबाट लडेर मृत्यु     |     हमासले भन्यो : इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव     |     संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा     |     मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यु     |     हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड     |     जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द     |     नेपाली कांग्रेसले १५ नेतामाथि कारबाही गरेपछि शेखर समूह असन्तुष्ट, भोलि बैठक बस्दै     |     गण्डकी प्रदेशका लेखा अधिकृत झलक शर्माविरुद्ध ३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा     |     कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ     |    
समाचार

‘वैदेशिक रोजगारमा कानून विपरित भइरहेको लाखौं असुलीबारे दुई तिहाईको सरकारलाई थाहा छ की छैन् ?’ –प्रभु साह

६ बैशाख २०८२, शनिबार १०:१७

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारमा ठगिएका युवाले आफ्नो पैसा कहिले फिर्ता पाउने भन्दै सरकारसँग जवाफ मागेका छन् ।

आजपा केन्द्रीय कार्यालय काठमाडौं, कोटेश्वरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वैदेशिक रोजगारका ठग र लुटेराहरु सरकारकै मिलेमतोमा लुटआतंक मचाएको बताए ।

प्रधानमन्त्री केपी ओलीसंग प्रश्न गर्दै उनले भने, ‘तपाईहरुले सुशासन खोजेको हो भने कारवाही किन नगरेको ? म्यानपावरले प्रति व्यक्ति १० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउँने कानूनी व्यवस्था छ । तर लाखौं असुली भईरहेको छ । के यो कुरा दुई तिहाई बहुमतको शक्तिशाली सरकारलाई थाहा छैन् ?’

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार भएको बताउदै उनले भने, ‘अहिले दुई तिहाई बहुमतको शक्तिशाली सरकार छ । म प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई सोध्न चाहन्छु । वैदेशिक रोजगारमा ठगिएका युवाहरुले कहिले पैसा फिर्ता पाउँछन् ?’

जनताको समस्या, चाहना, आवश्यक्ता पुरा गर्न असफल भएको सरकार कसरी हुन्छ लुटधन्दामा लागेको टिप्पणी उनले गरे । ‘वैदेशिक रोजगारमा भइरहेको कानून विपरितको लाखौं असुली दुई तिहाईको सरकारलाई थाहा छ की छैन् ? यो कुरा थाहा नहुने कुरै हुदैन् । सबै मिलेर लुटेका छन् । म्यानपावरदेखी दलालहरुले सरकारकै संरक्षणमा लुटने र बाँडेर खाने धन्दा चलेको छ,’ आजपा अध्यक्ष साहले भने ।

दुई तिहाई बहुमतको शक्तिशाली सरकारले देशमै युवालाई रोजगार दिन असफल भएको छ । स्वदेशमा रोजगार नपाएर युवाहरु ऋण निकालेर भए पनि रोजगारका लागि विदेश जान बाध्य भएको बताए । ‘स्वदेशमा रोजगार नपाएर ऋण लिएर रोजगारका लागि विदेश जाने युवाहरुसंग मनोमानी असुली भईरहेको छ । असुली भएको पैसा नेताजीहरुको घर–घरमा पुगिरहेको छ त्यहीभएर सरकार मौन छ । हाईन्, भने ति लुटेरालाई कारवाही गर्न किन रोकिएको छ ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।

भगौडा दलाल बर्गको नेतृत्व गरेका प्रधानमन्त्री ओलीका कारण व्यापार व्यवसाय धरासायी हुदै गईरहेको बताउदै उनले वर्तमान सरकारलाई श्रमजीवि बर्गको बारेमा सोच्ने, बोल्ने, काम गर्ने समय नै नभएको टिप्पणी गरे ।

म्यानपावर व्यावसायीले गैरकानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर सरकार मुकदर्शक बनेको उनले बताएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार भइराखेको उनले बताए ।

वैदेशिक रोजगारका ठगहरुलाई सरकारले संरक्षण गरिरहेको उनले बताए ।

सरकार गम्भीर नभएका कारण वैदेशिक रोजगारीमा जाने युवा ठगिन बाध्य भइराखेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘सरकारले न्याय दिलाउँछ कि दिलाउँदैन ? यहाँ जो रक्षक उही भक्षक जस्तो भयो ।’

प्रतिक्रिया दिनुहोस्