Trending
हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड     |     जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द     |     नेपाली कांग्रेसले १५ नेतामाथि कारबाही गरेपछि शेखर समूह असन्तुष्ट, भोलि बैठक बस्दै     |     गण्डकी प्रदेशका लेखा अधिकृत झलक शर्माविरुद्ध ३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा     |     कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ     |     पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन     |     सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह     |     विपक्षी दलका विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध     |     एसईईमा ४.० जिपिए ल्याउने बाँकेकी सृजना डि.सी. पहिलो विद्यार्थी     |     विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन     |    
समाचार

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन

६ बैशाख २०८२, शनिबार ११:४०

काठमाडौं। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) २०२५ का लागि आवेदन दिने भोलि (वैशाख ७ गते) अन्तिम म्याद तोकेको छ। मन्त्रालयले यसअघि नै सूचना जारी गर्दै आवेदन दिने समय साँझ ५ बजेसम्म रहेको जानकारी गराएको थियो।

यस वर्ष मन्त्रालयले विभिन्न विधामा अवार्ड वितरण गर्ने तयारी गरेको छ। तीमध्ये महिला सहभागिता प्रोत्साहन गर्न विशेष श्रेणी, नवप्रवर्तनलाई प्रवर्द्धन गर्न इनोभेसन अवार्ड, नयाँ व्यवसाय उद्यमलाई समर्थन गर्न स्टार्टअप अवार्ड, साथै सार्वजनिक तथा निजी क्षेत्रका लागि छुट्टाछुट्टै पुरस्कारहरू समावेश छन्।

नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनलाई ध्यानमा राखी हरेक वर्ष मे २ (वैशाख २०) लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आएको छ। यही अवसरमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मानस्वरूप अवार्ड प्रदान गर्ने परम्परा रहेको छ।

आवेदन दिन इच्छुक निकाय, कम्पनी, संस्था वा व्यक्तिहरूले www.mocit.gov.np वा www.doit.gov.np बाट आवेदन फाराम डाउनलोड गरी भरेर [email protected] मा इमेल गर्न सक्नेछन् वा मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्