Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
समाचार

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन

६ बैशाख २०८२, शनिबार ११:४०

काठमाडौं। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) २०२५ का लागि आवेदन दिने भोलि (वैशाख ७ गते) अन्तिम म्याद तोकेको छ। मन्त्रालयले यसअघि नै सूचना जारी गर्दै आवेदन दिने समय साँझ ५ बजेसम्म रहेको जानकारी गराएको थियो।

यस वर्ष मन्त्रालयले विभिन्न विधामा अवार्ड वितरण गर्ने तयारी गरेको छ। तीमध्ये महिला सहभागिता प्रोत्साहन गर्न विशेष श्रेणी, नवप्रवर्तनलाई प्रवर्द्धन गर्न इनोभेसन अवार्ड, नयाँ व्यवसाय उद्यमलाई समर्थन गर्न स्टार्टअप अवार्ड, साथै सार्वजनिक तथा निजी क्षेत्रका लागि छुट्टाछुट्टै पुरस्कारहरू समावेश छन्।

नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनलाई ध्यानमा राखी हरेक वर्ष मे २ (वैशाख २०) लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आएको छ। यही अवसरमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मानस्वरूप अवार्ड प्रदान गर्ने परम्परा रहेको छ।

आवेदन दिन इच्छुक निकाय, कम्पनी, संस्था वा व्यक्तिहरूले www.mocit.gov.np वा www.doit.gov.np बाट आवेदन फाराम डाउनलोड गरी भरेर [email protected] मा इमेल गर्न सक्नेछन् वा मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्