Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न

६ बैशाख २०८२, शनिबार ११:४९

बेइजिङ। विश्वमै पहिलोपटक मानवजस्तै रोबोटहरूको हाफ–म्याराथन प्रतियोगिता चीनको राजधानी बेइजिङमा सम्पन्न गरिएको छ। ‘विश्वकै पहिलो ह्युमनोइड रोबोट हाफ म्याराथन’ भनिएको यस प्रतियोगितामा रोबोटहरू र मानवहरूले छुट्टाछुट्टै ट्र्याकमा प्रतिस्पर्धा गरे।

प्रतियोगितामा चीनभरिका विभिन्न टोलीबाट जम्मा २० वटा ह्युमनोइड रोबोटहरूले भाग लिएका थिए। रोबोटहरूले २१ किलोमिटरको दूरी तय गरेका थिए। प्रत्येक टोलीले आफ्नो रोबोटलाई लामो दूरीको दौडका लागि तयारी गराएको थियो।

प्रतियोगितालाई आयोजकले खेलकुद मात्र नभई रोबोटहरूको विश्वसनीयता, टिकाउपन र सुरक्षाको परीक्षणका रूपमा पनि लिएको जनाएका छन्। म्याराथन अवधिमा रोबोटहरूका लागि आठवटा स्टेसन स्थापना गरिएको थियो, जहाँ उनीहरूले ब्याट्री परिवर्तन गर्न पाएका थिए।

प्रतियोगितामा ‘अटियांगोङ अल्ट्रा’ नामक ह्युमनोइड रोबोटले आठ किलोमिटर प्रति घण्टाको गतिमा दौड पुरा गर्दै विजेता बन्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्