Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

भिभो वाई २९ नेपालमा सार्वजनिक

७ बैशाख २०८२, आईतवार १०:४७

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि ब्रान्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन Vivo Y29 नेपालमा सार्वजनिक गरेको छ। ६५०० एमएएच क्षमताको पावरफुल ब्याट्री, ४४ वाट फ्ल्यास चार्ज र ४८०० एमएएच रिभर्स चार्जिङ जस्ता विशेषताले यो फोनलाई प्रतिस्पर्धी बनाएको छ।

यसमा ५ वर्षको ब्याट्री ग्यारेन्टी, ८+८ जीबी र्‍याम, २५६ जीबी स्टोरेज, ५० मेगापिक्सलको मुख्य क्यामेरा, १२० हर्ट्ज रिफ्रेश रेट, र डुअल स्टीरियो स्पिकर जस्ता फिचरहरू छन्।

फोनको थ्रीडी कभ्र्ड ब्याकप्लेट, हाई–ग्लस मेटालिक फ्रेम र डायनामिक लाइटसहितको क्यामेरा मोड्युलले यसलाई आकर्षक र प्रयोगमैत्री बनाएको छ। नोबल ब्राउन र एलीगन्ट ह्वाइट रंगमा उपलब्ध यो फोन २४,९९९ रुपैयाँमा नेपालभरिका स्टोरहरू र दराजमार्फत खरिद गर्न सकिन्छ।

भिभो Y29 ले ब्याट्री क्षमता, डिजाइन सौन्दर्य र प्रदर्शन क्षमताको उत्कृष्ट संयोजन प्रदान गर्ने दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्