Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

तेवान्दो टोली चीन जाने

७ बैशाख २०८२, आईतवार ११:३१

काठमाडौं। दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार चीन जाने भएको छ ।

दुवै प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट र ७४ केजीमुनि आशिष भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सयद हसन रेजा रहेका छन् ।

टोली पहिले बैशाख १० देखि ११ गतेसम्म ताइयानमा हुने सातौं डब्लुटी प्रेसिडेन्ट्स कप (एसियाली क्षेत्र) मा सहभागी हुनेछ । त्यसपछि टोली बैशाख १६ देखि १७ गतेसम्म हुने १३ औं एसियाली क्लब तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुक्सि जाने छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दले आइतबार एक कार्यक्रमबीच बिदाइ  गरे ।

तेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्ने
नेपालका अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसै अप्रिलमा हुने जापान वाटा ओपन र मेमा अस्ट्रेलियाको गोल्ड कोस्टमा तय गोल्ड कोस्ट ओपन तेक्वान्दोमा अदिशले चुनौती प्रस्तुत गर्ने भएका हुन् । दुवै च्याम्पियनसिपमा अदिशले पुरुष यु–१७ उमेरसमूहको व्यक्तिगत पुम्सेमा चुनौती प्रस्तुत गर्नेछन् ।

जापानको ओसाकामा आगामी अप्रिल २५ देखि २७ तारिखसम्म जापान वाटा ओपन हुँदै छ । त्यसमा अदिशसँगै नेपालका अन्य खेलाडीले प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । आगामी मे ३ देखि ४ सम्म गोल्ड कोस्ट ओपन हुने तय छ । त्यसैले उनी जापानबाटै अस्ट्रेलिया जानेछन् ।

आइतबार एक कार्यक्रमका बीच अदिश अध्ययनरत कलेज नामी इन्टरनेसनलले उनलाई बिदाइ गरेको थियो । जोरपाटीस्थित नामीमा भएको कार्यक्रममा कलेजकी प्रिन्सिपल अनिशा पाण्डेलगायतले उनलाई बिदाइ गरेका थिए । अदिश तेस्रो डान प्राप्त खेलाडी समेत हुन् । अदिशले यस च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट दिँदै पदक जित्ने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्