Trending
चलचित्र ‘धागो’को गीत ‘मेरो सम्झना’ सार्वजनिक     |     आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन     |     ‘काठमाडौँ हारर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि     |     सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     टी–२० विश्वकप छनोट: नेपालसँग ओमान पराजित     |     नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य     |     नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा     |     टी–२० विश्वकप छनोटः ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङमा     |     क्रिकेटः नेपाल टी-२० विश्वकपमा छनोट     |    
बैंक वित्तीय

राष्ट्रिय योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

७ बैशाख २०८२, आईतवार ११:५०

काठमाडौं। राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनु भएको हो ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत, कानुनी तथा संरचनागत सुधारहरु भइरहेको र त्यसको परिणामस्वरुप पछिल्लो दिनमा अर्थतन्त्रका समस्त सूचकहरु सकारात्मक भएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा सुधार आइरहेको र आगामी आर्थिक वर्षको बजेट पनि सबल अर्थतन्त्र निर्माणमा केन्द्रित हुने जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. अधिकारीले मन्त्रालयहरुबीचको समन्वय र आगामी आर्थिक वर्षको बजेट बनाउन सहज होस् भन्ने उद्धेश्यले मन्त्रालय, निकाय र आयोगसँग व्यापक परामर्श र छलफल गरी प्रतिवेदन तयार पारेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनको महत्वपूर्ण बुँदाहरु यसैसाथ संलग्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्