Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

नेतातन्त्रको अभ्यास गरेकाहरुले लोकतन्त्र दिवस मनाउन लागेको सुन्दा आश्चर्य लागेको छ : प्रभु साह

१० बैशाख २०८२, बुधबार ०९:४६

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रलाई षड्यन्त्रपूर्ण ढंगले दलतन्त्रमा परीणत गरेर नेतातन्त्रको अभ्यास गरिरहेका पार्टीले नै लोकतन्त्र दिवस मनाउन लागेको देख्दा आश्चर्य लागेको टिप्पणी गरेका छन् ।

आजपा अध्यक्ष साहले नेकपा (एमाले)ले बिहीबार बैशाख ११ गते आयोजना गर्ने ‘युथ सेलिब्रेसन’ कार्यक्रमलक्षित यस्तो टिप्पणी गरेका हुन् । उनले एमालेको प्रदर्शनलाई ‘लाशमाथि हत्याराको उत्सव’ को संज्ञा दिएका छन् ।

‘नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई षड्यन्त्रपूर्ण ढंगले दलतन्त्रमा परीणत गरि नेतातन्त्रको अभ्यास गरिरहेका पार्टीहरूले लोकतन्त्र दिवस मनाउने कुरा गरेको सुन्दा आश्चर्य लागेको छ । यसैलाई भन्छ–‘लाशमाथि हत्याराको उत्सव’ । आज १० वर्षको अभ्यासले ‘नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?’ भन्ने विषय घामझैं छर्लङ् भईसक्दापनि निर्लज्जहरूले आफनो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको छ,’ आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

एमालेको युवा प्रदर्शनको अघिल्लो दिन पूर्वमन्त्री साहले फेशुबकमा आफ्नो धारणा सार्वजनिक गर्दै १० वर्षको अभ्यासले नेपालमा लोकतन्त्र नभएर लुटतन्त्र भएको कुरा पुष्टि भैसकेको दाबी गरेका हुन् । नेताहरूले आफ्नो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको साहको भनाई छ । उनले गद्दार नेताहरूलाई दण्डित नगरी लोकतन्त्रको रक्षा र विकास असम्भव भएको टिप्पणी गरेका छन् ।

आजपा अध्यक्ष साहले फेसबुकमा लेखेका छन्, :

लोकतन्त्र जिन्दावाद दलतन्त्र मुर्दावाद
नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई षड्यन्त्रपूर्ण ढंगले दलतन्त्रमा परीणत गरि नेतातन्त्रको अभ्यास गरिरहेका पार्टीहरूले लोकतन्त्र दिवस मनाउने कुरा गरेको सुन्दा आश्चर्य लागेको छ । यसैलाई भन्छ–‘लाशमाथि हत्याराको उत्सव’ ।

आज १० वर्षको अभ्यासले ‘नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?’ भन्ने विषय घामझैं छर्लङ् भईसक्दापनि निर्लज्जहरूले आफनो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको छ । रातलाई दिन भनेर भ्रमको राजनीति गर्दै आएका यी गद्दार नेताहरूलाई दण्डित नगरी लोकतन्त्रको रक्षा र विकास सम्भव छैन ।

यसर्थ वास्तविक लोकतन्त्रका लागि गद्दार नेताहरूको लुटतन्त्रबिरुद्ध निर्णायक संघर्ष अगाडि बढाउन जरूरी छ । आउनुहोस लोकतन्त्र दिवसको अवसरमा तपाईं÷हामी सम्पूर्ण नेपालीहरूले संकल्प गरौं–गद्दार नेता र दलाल दलतन्त्रविरुद्धको संघर्षमा सहभागी बनौं । आम जनताको शासन स्थापना गरौं

प्रतिक्रिया दिनुहोस्