Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

१० बैशाख २०८२, बुधबार १२:१६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्। कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिन सुझाव दिए पनि तामाङले अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले उनलाई पदमुक्त गरेका हुन्।

कांग्रेसको तर्फबाट मन्त्री बनेका तामाङले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विरोध गर्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका थिए। पछिल्लो समय उनले आफ्नै मन्त्रालयका सचिव सुरेश आचार्यसँग स्पष्टीकरण समेत मागेका थिए।

प्रतिक्रिया दिनुहोस्