Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

गुराँस गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सुरु

११ बैशाख २०८२, बिहीबार ११:०५

दैलेख। नेपाल टेलिकमले दैलेखको गुराँस गाउँपालिकामा पहिलो पटक फोरजी सेवा सुरु गरेको छ। कर्णाली प्रदेशको यो दुर्गम क्षेत्रमा वैशाख ८ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएको हो।

गुराँस गाउँपालिका वडा नं. ३, ४, ५ का साथै बयलकाँडा (वीरेन्द्रनगर–१४) र लेकगाउँ (बराहताल–९) मा फोरजी सेवा उपलब्ध हुनेछ। टेलिकमका अनुसार सेवा सुरु भएसँगै स्थानीयले उच्च गतिको इन्टरनेट र गुणस्तरीय मोबाइल सेवा अनुभव गर्न थालेका छन्।

प्रादेशिक निर्देशक कमल लामिछानेका अनुसार यसले डिजिटल पहुँच, शिक्षा, स्वास्थ्य र सूचना प्रवाहमा नयाँ सम्भावना थपेको छ।

प्रतिक्रिया दिनुहोस्