Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

गुराँस गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सुरु

११ बैशाख २०८२, बिहीबार ११:०५

दैलेख। नेपाल टेलिकमले दैलेखको गुराँस गाउँपालिकामा पहिलो पटक फोरजी सेवा सुरु गरेको छ। कर्णाली प्रदेशको यो दुर्गम क्षेत्रमा वैशाख ८ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएको हो।

गुराँस गाउँपालिका वडा नं. ३, ४, ५ का साथै बयलकाँडा (वीरेन्द्रनगर–१४) र लेकगाउँ (बराहताल–९) मा फोरजी सेवा उपलब्ध हुनेछ। टेलिकमका अनुसार सेवा सुरु भएसँगै स्थानीयले उच्च गतिको इन्टरनेट र गुणस्तरीय मोबाइल सेवा अनुभव गर्न थालेका छन्।

प्रादेशिक निर्देशक कमल लामिछानेका अनुसार यसले डिजिटल पहुँच, शिक्षा, स्वास्थ्य र सूचना प्रवाहमा नयाँ सम्भावना थपेको छ।

प्रतिक्रिया दिनुहोस्