Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री गरे काठमाडौं महानगरले कारबाही गर्ने

९ आश्विन २०८१, बुधबार ०३:०१

९ असोज, काठमाडौं काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरले आव एक सूचना जारी गर्दै   मूल्य सूची बनाएर पसलको अग्र भागमा सबैले देख्ने गरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र म्याद गुज्रिएका बस्तु विक्री वितरण नगर्न भनेको छ ।

मापदण्डमा मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्नेछ, अंकित अधिकतम मूल्य (एमआरपी)भन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्नुपर्नेछ, उपभोग गर्ने अवधिबाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्नुपर्नेछ र खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्नेछ उल्लेख छ।

साथै, अनुगमनका क्रममा उल्लिखित अवस्था विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा महानगरको कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारवाही गरिने व्यहोरासमेत उक्त सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्