Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

सत्ता र सडकबाट एमालेको तमासा प्रदर्शन भईरहेको छ : आजपा नेतृ रञ्जु साह

११ बैशाख २०८२, बिहीबार ११:१८

काठमाडौं । आम जनता पार्टी (आजपा)का नेतृ रञ्जु साहले सत्ता र सडकबाट नेकपा (एमाले) तमासा प्रदर्शन गरिरहेको टिप्पणी गरेकी छन् ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आज सञ्चारकर्मीसंगको भेटघाटमा उनले एमालेको सडक प्रदर्शन सत्ताको उन्माद भएको बताएकी छन् । ‘असफल भईसकेको सरकार जनताको समस्या, माग, आवश्यक्ताको बारेमा बेखबर छ । कुनै चासो नै छैन् । तर एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्व गर्दै सरकार र सडकबाट तमासा गर्दै हिडेका छन् । यसरी देश र जनताको चाहना, आवश्यक्ता पुरा हुदैन्,’ उनले भनिन् ।

देशकै नेतृत्व गरेको एमालेको सडक प्रदर्शन कसका बिरुद्धमा हो भन्दै उनले प्रश्न समेत गरिन् । एमालेले आज भृकुटीमण्डपमा युवा सेलिब्रेसन गर्दैगर्दा उनले भनिन्, ‘यो एमालेको प्रदर्शन कसका बिरुद्धमा हो ? सडक र सत्तामा बसेको एमालेले यसरी तमासा गर्न मिल्छ ? कांग्रेससंग सत्तासहकार्यमा उकुसमुकुस छ भने सत्ता छोडेर सडकमै आउँदा हुन्छ नि ।’

एमालेको शक्ति प्रदर्शनले लोकतन्त्रकै चिरण हरण भएको दावी आजपा नेतृ साहले गरेकी छन् । विदेशमा महिनौ देखी मरेका युवाको लाश ल्याइदिने आशमा बसेका परिवारलाई सरकारले केही गर्न नसकेको बताउदै उनले काठमाडौंमा सरकारले युवा सेलिबे्रसनको नाममा नाटक गरिरहेको बताईन् । साथै उनले युवा बिनाको युवा सेलिब्रेसनको कुनै काम नभएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्