Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

सत्ता र सडकबाट एमालेको तमासा प्रदर्शन भईरहेको छ : आजपा नेतृ रञ्जु साह

११ बैशाख २०८२, बिहीबार ११:१८

काठमाडौं । आम जनता पार्टी (आजपा)का नेतृ रञ्जु साहले सत्ता र सडकबाट नेकपा (एमाले) तमासा प्रदर्शन गरिरहेको टिप्पणी गरेकी छन् ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आज सञ्चारकर्मीसंगको भेटघाटमा उनले एमालेको सडक प्रदर्शन सत्ताको उन्माद भएको बताएकी छन् । ‘असफल भईसकेको सरकार जनताको समस्या, माग, आवश्यक्ताको बारेमा बेखबर छ । कुनै चासो नै छैन् । तर एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्व गर्दै सरकार र सडकबाट तमासा गर्दै हिडेका छन् । यसरी देश र जनताको चाहना, आवश्यक्ता पुरा हुदैन्,’ उनले भनिन् ।

देशकै नेतृत्व गरेको एमालेको सडक प्रदर्शन कसका बिरुद्धमा हो भन्दै उनले प्रश्न समेत गरिन् । एमालेले आज भृकुटीमण्डपमा युवा सेलिब्रेसन गर्दैगर्दा उनले भनिन्, ‘यो एमालेको प्रदर्शन कसका बिरुद्धमा हो ? सडक र सत्तामा बसेको एमालेले यसरी तमासा गर्न मिल्छ ? कांग्रेससंग सत्तासहकार्यमा उकुसमुकुस छ भने सत्ता छोडेर सडकमै आउँदा हुन्छ नि ।’

एमालेको शक्ति प्रदर्शनले लोकतन्त्रकै चिरण हरण भएको दावी आजपा नेतृ साहले गरेकी छन् । विदेशमा महिनौ देखी मरेका युवाको लाश ल्याइदिने आशमा बसेका परिवारलाई सरकारले केही गर्न नसकेको बताउदै उनले काठमाडौंमा सरकारले युवा सेलिबे्रसनको नाममा नाटक गरिरहेको बताईन् । साथै उनले युवा बिनाको युवा सेलिब्रेसनको कुनै काम नभएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्