Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तको सपथ ग्रहण

११ बैशाख २०८२, बिहीबार ११:२२

काठमाडौँ। ​नेकपा (एमाले) का सांसद रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन् ।

आज, २०८२ वैशाख ११ गते (बिहीबार), अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

पूर्व शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो। उनले प्रधानमन्त्रीबाट असहयोग भएको र काम गर्न असहज भएको जस्ता कारणहरू उल्लेख गरेकी थिइन् ।​

प्रतिक्रिया दिनुहोस्