Trending
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |     कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय     |     इरान–अमेरिका तनाव चर्कियो     |     सुर्खेतदेखि अमेरिकासम्मको स्मृतिसंग्रह ‘घाटगाउँ’ विमोचन     |    
समाचार

शंकर पोखरेलको भनाइ : विदेश गएका युवालाई स्वदेश फर्काउन कामको वातावरण बनाइन्छ

११ बैशाख २०८२, बिहीबार ११:३३

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार विदेशमा रहेका युवाहरूलाई स्वदेश फर्काई देशमै काम गर्ने वातावरण बनाउनेतर्फ लाग्ने बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित एमालेको युथ सेलिब्रेसन कार्यक्रममा पोखरेलले विदेशमा सिकिएको सीप र अनुभवलाई नेपालमै सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, “देश निर्माणमा जुट्न विदेश गएका युवाहरू स्वदेश फर्कनुपर्छ।”

उनले छिमेकी मुलुकहरूले राजनीतिक स्थायित्वका कारण प्रगति गर्न सफल भएको उल्लेख गर्दै नेपालमा पनि स्थायित्व आवश्यक रहेको बताए। “अब समीकरण र पद फेरबदल होइन, ध्रुवीकरणका साथ बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ,” उनले भने, “मिसन २०८४ अन्तर्गत हामीले स्थायित्व ल्याउनेछौं।”

पोखरेलले एमालेसँग भिजनरी नेतृत्व रहेको दाबी गर्दै युवाहरू निराश नहुन आग्रह गरे। “यो कार्यक्रम युवाहरूको सुरक्षित भविष्यका लागि आयोजना गरिएको हो,” उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बन्ने आगामी बजेट युवामैत्री हुने पनि पोखरेलको भनाइ थियो। साथै, एमालेलाई शिक्षक र कर्मचारीको विरोधी देखाउन खोजिएको भन्दै उनले असन्तोष व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्