Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

शंकर पोखरेलको भनाइ : विदेश गएका युवालाई स्वदेश फर्काउन कामको वातावरण बनाइन्छ

११ बैशाख २०८२, बिहीबार ११:३३

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार विदेशमा रहेका युवाहरूलाई स्वदेश फर्काई देशमै काम गर्ने वातावरण बनाउनेतर्फ लाग्ने बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित एमालेको युथ सेलिब्रेसन कार्यक्रममा पोखरेलले विदेशमा सिकिएको सीप र अनुभवलाई नेपालमै सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, “देश निर्माणमा जुट्न विदेश गएका युवाहरू स्वदेश फर्कनुपर्छ।”

उनले छिमेकी मुलुकहरूले राजनीतिक स्थायित्वका कारण प्रगति गर्न सफल भएको उल्लेख गर्दै नेपालमा पनि स्थायित्व आवश्यक रहेको बताए। “अब समीकरण र पद फेरबदल होइन, ध्रुवीकरणका साथ बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ,” उनले भने, “मिसन २०८४ अन्तर्गत हामीले स्थायित्व ल्याउनेछौं।”

पोखरेलले एमालेसँग भिजनरी नेतृत्व रहेको दाबी गर्दै युवाहरू निराश नहुन आग्रह गरे। “यो कार्यक्रम युवाहरूको सुरक्षित भविष्यका लागि आयोजना गरिएको हो,” उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बन्ने आगामी बजेट युवामैत्री हुने पनि पोखरेलको भनाइ थियो। साथै, एमालेलाई शिक्षक र कर्मचारीको विरोधी देखाउन खोजिएको भन्दै उनले असन्तोष व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्