Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

कफी क्लब च्यारिटी फुटसल शनिबार

१२ बैशाख २०८२, शुक्रबार १०:२८

काठमाडौं। कफी क्लबको आयोजनामा तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगिताको पुरुषमा ३४ तथा महिलामा १० टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष शैलेश लिम्बूले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताको प्रत्येक खेल १५ मिनेटको हुनेछ ।

पुरुष÷महिला दुवैमा पहिलो हुनेले २५ हजार तथा दोश्रो हुनेले १२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने अध्यक्ष लिम्बूले जानकारी गराए । प्रतियोगिताबाट संकलित रकमबाट एक जना विपन्न परिवार वा जेहेन्दार विद्यार्थीलाई ५० हजार आर्थिक सहयोग प्रदान गरिने छ ।

एकदिने प्रतियोगिताका खेलहरु सुनाकोठीस्थित वाखत फुटसलमा खेलाइने छ । कफी क्लब खेलकुद, सामाजिक कार्यलगायतको क्षेत्रमा कृयाशिल संस्था हो ।

प्रतिक्रिया दिनुहोस्