Trending
चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |     साफ महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा     |     रेशम चौधरी उम्मेदवार बन्न नपाउने     |     एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |    
समाचार

कफी क्लब च्यारिटी फुटसल शनिबार

१२ बैशाख २०८२, शुक्रबार १०:२८

काठमाडौं। कफी क्लबको आयोजनामा तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगिताको पुरुषमा ३४ तथा महिलामा १० टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष शैलेश लिम्बूले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताको प्रत्येक खेल १५ मिनेटको हुनेछ ।

पुरुष÷महिला दुवैमा पहिलो हुनेले २५ हजार तथा दोश्रो हुनेले १२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने अध्यक्ष लिम्बूले जानकारी गराए । प्रतियोगिताबाट संकलित रकमबाट एक जना विपन्न परिवार वा जेहेन्दार विद्यार्थीलाई ५० हजार आर्थिक सहयोग प्रदान गरिने छ ।

एकदिने प्रतियोगिताका खेलहरु सुनाकोठीस्थित वाखत फुटसलमा खेलाइने छ । कफी क्लब खेलकुद, सामाजिक कार्यलगायतको क्षेत्रमा कृयाशिल संस्था हो ।

प्रतिक्रिया दिनुहोस्