Trending
चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक     |     जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी     |     धेरैतिर फर्किएकाहरूलाई गलत विचारका आधारमा वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री ओली     |     लाओसमा बढ्दो मुद्रास्फीतिले रोजगारी र जीवनस्तरमा गम्भीर असर- विश्व बैङ्क     |     स्वादिलो तर घातक: अतिप्रशोधित खानेकुराका खतरा र तिनबाट बच्ने उपायहरू     |     इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड     |     प्रधानमन्त्रीसँग बंगलादेशका समाजकल्याणमन्त्रीको शिष्टाचार भेट     |     ‘ऊनको स्वीटर’को पहिलो साताको कलेक्सन ५ करोड ७५ लाख, उल्लेख्य शो सहित आजबाट दोस्रो हप्तामा     |     रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नुपर्छ : उपसभापति गुरुङ     |     हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री     |    
समाचार

प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘बारामा भन्सार कार्यालय कहिले खुल्छ ?’

१२ बैशाख २०८२, शुक्रबार १२:२२

कलैया। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भन्सारको नाममा मधेसमा सरकारले लुट मचाएको बताएका छन् ।

बाराको सिम्रौनगढमा आज (शुक्रबार) सिम्रौनगढ भन्सार नाकालाई सुचारु एवं स्तरबृद्धिका लागि आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले दुनियामाथि शासन गरेको र ऐतिहासिक राजनीतिक विरासत भएको सिम्रौनगढ आज सरकारको विभेदका कारण ओझेलमा परेको बताए ।

भन्सार कानूनमा रहेको ४५ प्रतिशत कमिशनको व्यवस्था रहदासम्म मधेसमा भईरहेको सरकारी लुटपाट (छिनछोर) नरोकिने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसंग अध्यक्ष साहले भन्सारको नाममा मधेसमा भईरहेको सरकारी लुट कहिले रोकिने भन्दै प्रश्न समेत गरेका छन् ।

‘प्रधानमन्त्रीजी, भन्सारको नाममा भईरहेको सरकारी लुटपाट कहिले रोक्नुहुन्छ ? सम्पतीको हक संवैधानिक हक हो तर तपाईहरुले त यहाँ लुट मचाउनुभएको छ । यही देशमा हत्याराको सम्पती नखोस्ने, बलात्कारीको सम्पती नखोस्ने । तर भन्सार नबुझाएकै कारण कसैको बुवा, बाजेको सम्पती पनि खोस्ने यो कहाँको न्याय हो ?’ आजपा अध्यक्ष साहले प्रधानमन्त्री ओलीसंग प्रश्न गरे ।

देशमा लुट मचाएका लुटेराको सम्पती सरकारले नखोस्ने, आयकर, मुल्यअभिबृद्धि कर छल्ने, नबुझाउनेको सम्पती सरकारले नखोस्ने तर सीमामा बस्ने सोझासाझा नेपाली जनताको निजि सम्पती सरकारले लुटिरहेको उनले बताए ।

‘तपाई हेरिराख्नु भएको छ ठुलाबडाले सम्पती कर लुकाउछन् । आयकर बुझाउदैनन, मुल्यअभिबृद्धि कर समेत छली गर्छन । त्यहाँ सरकारले तिनिहरुको सम्पती जफत गर्दैन । तर दुई किलो नुन, एक बोरा खाद्य ल्याउनेहरुको साईकल, मोटरसाईकल समेत खोसिन्छ । यो अत्याचार होइन भने के हो ? सम्पतीको हक संवैधानिक हक हो । के यो मधेसमा लागु हुदैन् ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गरे ।

सरकारको विभेदकै कारण ऐतिहासिक सिम्रौनगढ आझेलमा परेको उनले बताए । ऐतिहासिक, धार्मिक, पर्यटकीय एवं सांस्कृतिक क्षेत्र सिम्रौनगढको विकासका लागि सरकारले काम नगरेको भन्दै उनले आक्रोश पोखेका छन् ।

‘तराईका सबै जिल्लाहरुमा भन्सार कार्यालय छ । तर बारा जिल्ला जहाँ सिम्रौनगढ जस्तो राजनीतिक बिरासत, औधोगिक र व्यापारको प्रचुर सम्भावना छ त्यहाँ भन्सार कार्यालय छैन् । कुनै बेला दुनियामाथि शासन गरेको बारा जहाँ औधोगिक हबछ, त्यहाँ एउटा पनि भन्सार नाका नहुनु दुर्भाग्य छ । म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु तपाईले बारामा भन्सार कार्यालय कहिले खोल्ने हो ? सिम्रौनगढसंग विभेद किन गरेको ?’ आजपा अध्यक्ष साहले भने ।

वर्तमान सरकारले मुलुकमा समृद्धि ल्याउछौ भन्दै जनतालाई भ्रमित बनाइरहेको टिप्पणी समेत उनले गरे । प्रधानमन्त्री ओली र एमालेले आफ्नै मतदातासंग न्याय नगरेको उनले बताए । एमालेलाई मतदान गर्नेहरु आज पछुतो मानिरहेको उनले बताए ।

‘तपाईहरु हेर्दैहुनुहुन्छ आज एमालेलाई मतदान गर्नेहरु पछुतो मानिरहेका छन् । मधेसको लाईफलाईन रहेको हुलाकी राजमार्ग ६ लेनको हुनुपर्ने हो । तर यो सरकारले बनाउदैन् । किन भने अहिलेको सरकारले समृद्ध मधेस बनेको हेर्नै चाहदैन्,’ आजपा अध्यक्ष साहले भने, ‘कलैयाको त्यो ३ किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने सरकारले समृद्ध नेपाल बनाउँछौ भन्दा हामीले पच्याइदिनुपर्ने ।

मतदाताले त वडा सदस्य, मेयर, उपमेयर, बिधायक, सांसद सबै एमालेकै जिताए । संघीय सरकारमा प्रधानमन्त्री, भौतिक मन्त्री एमालेकै छ । प्रदेशमा पनि एमालेकै सरकार छ, पालिकामा पनि एमालेकै सरकार छ तर तीन किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने सरकार भएर वा नभएर के हुन्छ ? उनीहरुलाई मतदान गर्नेहरु अहिले पछुताइरहेका छन् ।

युवा नेता नविन साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु मा. समिना हुसेन, अशोक लामा, उमेश कुशवाहा लगायतका नेता एवं उद्योग बाणिज्य संघको अध्यक्ष लालबाबू कुशवाहाको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्