Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

एमाले संसदीय दलको बैठक जारी

१३ बैशाख २०८२, शनिबार ०९:४७

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी छ ।

शुक्रबारदेखि संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा जारी दलको बैठक आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत हुने नीति तथा कार्यक्रम, आयव्ययको विवरण(बजेट) र सदन सञ्चालनमा केन्द्रित रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा दलका नेता ओलीले सदनमा हुने छलफलमा पार्टीको सक्रिय सहभागिता, वर्तमान परिस्थितिलाई बुझेर जनताका समस्या उठान र तिनको समाधानका उपायका साथै दलका सदस्य र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा मन्तव्य व्यक्त गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्