Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

एमाले संसदीय दलको बैठक जारी

१३ बैशाख २०८२, शनिबार ०९:४७

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी छ ।

शुक्रबारदेखि संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा जारी दलको बैठक आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत हुने नीति तथा कार्यक्रम, आयव्ययको विवरण(बजेट) र सदन सञ्चालनमा केन्द्रित रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा दलका नेता ओलीले सदनमा हुने छलफलमा पार्टीको सक्रिय सहभागिता, वर्तमान परिस्थितिलाई बुझेर जनताका समस्या उठान र तिनको समाधानका उपायका साथै दलका सदस्य र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा मन्तव्य व्यक्त गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्