Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

प्रधानमन्त्रीद्वारा बौद्ध शिक्षालाई विश्वभर फैलाउन जोड

१३ बैशाख २०८२, शनिबार ०९:५८

लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान द्वन्द्व र द्वेषले भरिएको अवस्थामा महात्मा बुद्धले प्रतिपादित अहिंसा र शान्तिको मार्गमा विश्वलाई डोर्याउन जरुरी रहेको बताए ।

बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बुद्धको शान्ति सन्देशलाई संसारभर फैलाउनुपर्ने समय आएको उल्लेख ग गरेका छन्।

उनले अत्याधुनिक हतियार निर्माण भई विश्व शान्तिमा चुनौती सिर्जना भएको उल्लेख गर्दै युद्ध र हिंसाबाट शान्ति सम्भव नहुने धारणा राख्नुभयो। साथै बौद्ध धर्म, कला, साहित्य, इतिहास र अनुसन्धानमार्फत एशियाली बौद्ध संस्कृति र सम्पदाको प्रवर्द्धन गरी महोत्सवले विश्वशान्तिमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले लुम्बिनीमा ध्यान, विपश्यना, शिक्षा तथा प्रवचनका लागि उचित पूर्वाधार विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो।

महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत विशिष्ट व्यक्तिहरु सहभागी भएका छन्। ४० देशका प्रतिनिधि सहभागी महोत्सवमा बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला र परम्परागत चिकित्सा सम्बन्धी ४० कार्यपत्र प्रस्तुत गरिनेछ।

महोत्सव लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेशन नेपाल र चिनियाँ संस्कृति प्रवर्द्धन समाजको आयोजनामा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा सम्पन्न भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्