काठमाडौं। नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार रुपैयाँ कायम गरिएको थियो।