Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
कला र मनोरन्जन

‘एक्लो’ फिल्मबाट दिया पुनको क्यारेक्टर लुक्स सार्वजनिक

१४ बैशाख २०८२, आईतवार ०५:५७

काठमाडौँ — नेपाली फिचर फिल्म ‘एक्लो’बाट अभिनेत्री दिया पुनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ। निर्माण युनिटले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर दियाको लुक्स सार्वजनिक गरेको हो।

अभिनेत्री दिया पुन फिल्ममा एक समर्पित र मायालु आमाको भूमिकामा देखिनेछिन्। निर्देशक प्रदीप शाहीले आमाको सम्मानमा समर्पित उक्त दिनलाई विशेष मान्दै दियाको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको जानकारी दिएका छन्।

‘एक्लो’ साइन्स फिक्सन विधामा आधारित फिल्म हो, जसमा दीया पुनको क्यारेक्टरको नाम ‘एस्ट्रोनट पुन’ राखिएको छ। पोस्टरमा उनलाई एक विशेष वैज्ञानिक वातावरणमा प्रस्तुत गरिएको छ। फिल्मको हाल लण्डनमा पोस्ट-प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको छ। निर्देशक शाहीले यसअघि पनि दुई वटा फिल्म निर्देशन गरिसकेका छन्, र ‘एक्लो’ उनको तेस्रो निर्देशन हो।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहसँगै बेलायती अभिनेता जेमी बेकनले पनि अभिनय गरेका छन्।

फिल्मका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्। फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ।

यस्तै, निर्देशक प्रदीप शाही केही दिनअघि कान्स प्रोड्यूसर्स नेटवर्कमा सहभागी हुन छनोट भएका छन्। कान्समा उनी छनोट भएसँगै ‘एक्लो’ फिल्मको अन्तर्राष्ट्रिय चर्चा समेत बढेको छ। निर्देशक शाहीले ‘एक्लो’लाई नयाँ प्रविधि र सिर्जनशीलताको सम्मिलनमा तयार पारिएको विशेष परियोजना बताउँछन्।

फिल्मको रिलिज मिति भने अझै सार्वजनिक गरिएको छैन। तर निर्माण युनिटले फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने तयारी गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्