Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

स्काइपको यात्रा अन्त्यतिर, मे महिनादेखि सेवा बन्द हुने

१४ बैशाख २०८२, आईतवार १०:०५

काठमाडौँ। विश्वभर लाखौं प्रयोगकर्ता रहेको चर्चित भिडियो–कलिङ एप स्काइप आगामी मे महिनादेखि बन्द हुने भएको छ। स्काइपको स्वामित्व लिएको कम्पनी माइक्रोसफ्टले एक्स (पूर्व ट्विटर) मा सूचना जारी गर्दै यो निर्णय सार्वजनिक गरेको हो।

कुनैबेला अत्यन्त लोकप्रिय रहेको स्काइपले पहिलोपटक कम्प्युटरबाट कम्प्युटरमा निःशुल्क भ्वाइस र भिडियो कलको सुविधा प्रदान गरेर डिजिटल संवादमा क्रान्ति ल्याएको थियो। स्काइपले हजारौं किलोमिटर टाढा रहेका मानिसहरूलाई सजिलै सम्पर्कमा ल्याउने माध्यम बनेको थियो।

तर पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै भिडियो कलिङ र म्यासेजिङ एपहरूको प्रतिस्पर्धा तीव्र बनेको छ। जुम, गुगल मिट, माइक्रोसफ्ट टिम्स जस्ता नयाँ प्लेटफर्महरूको उदयसँगै स्काइपको प्रयोगकर्ता संख्यामा गिरावट आएको थियो। यस्तै, कोरोना महामारीका बेला जुम र टिम्स जस्ता एपहरूले ठूलो बजार कब्जा गरेपछि स्काइपको लोकप्रियता थप घटेको विश्लेषकहरू बताउँछन्।

माइक्रोसफ्टले स्काइप बन्द गर्नुको मुख्य कारण आफ्नो फोकस एकीकृत र आधुनिक कार्यसम्पादन प्लेटफर्म ‘माइक्रोसफ्ट टिम्स’ मा केन्द्रित गर्नु भएको जनाएको छ। कम्पनीले प्रयोगकर्ताहरूलाई माइक्रोसफ्ट टिम्समा साइनअप गरी स्काइपमा भएका च्याट र कन्ट्याक्टहरू सजिलै स्थानान्तरण गर्न सकिने जानकारीसमेत दिएको छ। माइक्रोसफ्ट टिम्स हाल अफिसियल मिटिङ, टिम वर्क र व्यक्तिगत प्रयोग दुवैका लागि व्यापक रूपमा प्रयोग भइरहेको छ।

विशेषज्ञहरूका अनुसार, माइक्रोसफ्टले आफ्नो विभिन्न संचार सेवाहरूलाई एकीकृत गर्न चाहेकाले स्काइप बन्द गर्ने निर्णय लिएको हो। माइक्रोसफ्टले टिम्सलाई भविष्यमा सम्पूर्ण प्रकारका संवादका लागि प्रमुख प्लेटफर्म बनाउने रणनीति बनाएको बताइएको छ।

स्काइप प्रयोगकर्ताहरूलाई मे महिनाभित्र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ। कम्पनीले सेवा बन्द भए पनि स्काइपको सबै डेटा सुरक्षित राख्ने र प्रयोगकर्ताले आवश्यक डेटा माइक्रोसफ्ट टिम्समा स्थानान्तरण गर्न सक्ने सुविधा उपलब्ध गराउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्