Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

च्याटजीपीटि किन प्रयोग गर्ने?

१० जेष्ठ २०८१, बिहीबार ०७:१५

ओपनएआईले हालै च्याटजीपीटीको नयाँ भर्सन सार्वजनिक गरेको छ । विशेषगरी च्याटजीपीटीलाई बढी अन्तर्क्रियात्मक बनाउन कम्पनीले विशेष फिचर समावेश गरेको भन्दै जीपीटी-फोर ओ ल्याएको थियो ।

धेरैले गुगलको सर्च इन्जिनसँग प्रतिस्पर्धा गर्न ओपनएआईले नयाँ फिचर ल्याउन लागेको अपेक्षा गरेका थिए । तर, कम्पनीले फरक मोडेल ल्याएर चकित बनाइदियो ।

सुरुमा प्रिमियम (जीपीटी ४.० प्लस) प्रयोगकर्ताका लागि उपलब्ध भएका जीपीटी फोर ओ (GPT 4o)का केही फिचर अहिले निःशुल्क प्रयोगकर्ताले पनि पाउन थालेका छन् । आज हामी ओपनएआईले सार्वजनिक गरेका नयाँ फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा चर्चा गर्दैछौं:

फोटोको भरमा प्रतिक्रिया दिने फिचर

च्याटजीपीटीको नयाँ भर्सनले फोटो लिएर त्यसैको भरमा प्रतिक्रिया दिन सक्छ । उदाहरणका लागि तपाईंले च्याटजीपीटीमा कुनै फोटो अपलोड गरेर त्यो फोटोको भरमा विभिन्न प्रश्न सोध्न सक्नुहुन्छ ।

प्रयोगकर्ताले यो फिचर प्रयोगपछि सटीक जानकारी दिने गरेको प्रतिक्रिया दिएका छन् । निःशुल्क प्रयोग गर्नका लागि भने यसमा केही सीमितता छन् । प्रयोगकर्ताले प्रतिदिन दुई ओटा फोटो वा फाइल अपलोड गरेर प्रश्न सोध्न सक्छन् ।

इन्टरनेटबाट जानकारी खोजेर दिने !

यसअघि निःशुल्क प्रयोगकर्ताका लागि च्याटजीपीटीले इन्टरनेटबाट जानकारी खोजेर दिंदैनथ्यो । सेप्टेम्बर २०२२ पछिका जानकारीबारे तालिम नदिएको भन्दै प्रश्न अस्वीकार गर्थ्यो । तर, हालै कम्पनीले जीपीटी फोर-ओ सार्वजनिक गरेपछि भने निःशुल्क प्रयोगकर्ताका लागि पनि इन्टरनेटबाट ब्राउज गरेर जानकारी दिने फिचर उपलब्ध भएको छ ।

प्रयोगकर्ताले आफूलाई लागेको विषयमा इन्टरनेटबाट जानकारी खोजेर उपलब्ध गराउन अनुरोध गर्न सक्छन् । यसमा पनि सीमितता कायम गरिएको छ । केही प्रश्न सोधिसकेपछि निशुल्क उपलब्ध हुने च्याटजीपीटीको भर्सन जीपीटी ३.५ ले इन्टरनेटबाट जानकारी ब्राउज गरेर दिंदैन ।

तथ्याङ्क विश्लेषण गर्न सक्ने क्षमता

तपाईंले उपलब्ध गराएका तथ्याङ्कका आधारमा च्याटजीपीटीले तपाईंले भने अनुसार त्यसलाई विश्लेषण गरिदिन सक्छ । यसमा हुने चार्ट इन्टर्‍याक्टिभ नभए पनि कुनै तथ्याङ्कका लागि कस्तो चार्ट वा भिज्युअलाइजेसन आवश्यक पर्न सक्छ भन्ने आइडिया दिन्छ ।

टेम्पोररी च्याट

आफूले च्याटजीपीटीसँग गरेको कुराकानी केही समयमै हराओस् भन्ने चाहनु हुन्छ भने टेम्पोररी च्याट स्वीच गर्न सक्नुहुन्छ । यो फिचर निःशुल्क उपलब्ध छ । आफ्नो हिस्ट्रीमा आफूले च्याटजीपीटीमा खोजेको जानकारी नदेखियोस् भन्ने चाहनु हुन्छ भने यो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

त्यसका लागि च्याटजीपीटीको मोबाइल एपमा सबैभन्दा माथि दायाँपट्टि देखिएको तीन ओटा डटमा ट्याप गर्नुहोस् । त्यसपछि ‘भ्यु डिटेल्स’सँगै देखिएको ‘टेम्पोररी च्याट’मा ट्याप गर्नुहोस् । र, च्याटजीपीटी प्रयोग गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्