Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

इरान विस्फोटमा ४६ को मृत्यु, सयौं घाइते

१५ बैशाख २०८२, सोमबार ११:५१

इरान। इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ। होर्मोजगन प्रान्तका संकट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहका अनुसार एक हजारभन्दा बढी घाइते भएका छन्, जसमा १३८ जना अझै उपचाररत छन्।

आगलागी नियन्त्रणमा आएपछि क्षतिको मूल्यांकन हुने बताइएको छ। रासायनिक सामग्री भण्डारण डिपोमा आगलागी भएको आशंका गरिएको छ। सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको छानबिन गर्न आदेश दिएका छन्।

सामाजिक सञ्जाल र सिसिटिभी फुटेजमा सानो आगोबाट ठुलो विस्फोट भएको देखिन्छ। राष्ट्रपति मसूद पेजेस्कियन घाइतेहरू भेट्न अस्पताल पुगेका छन्। रूसले आगो नियन्त्रणका लागि सहयोगी विशेषज्ञहरू पठाएको छ।

देशभर सोमबार राष्ट्रिय शोक र होर्मोजगन प्रान्तमा तीन दिनको शोक घोषणा गरिएको छ। विस्फोटको समय ओमानमा इरानी र अमेरिकी प्रतिनिधिहरूको वार्ता भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्