Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

इरान विस्फोटमा ४६ को मृत्यु, सयौं घाइते

१५ बैशाख २०८२, सोमबार ११:५१

इरान। इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ। होर्मोजगन प्रान्तका संकट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहका अनुसार एक हजारभन्दा बढी घाइते भएका छन्, जसमा १३८ जना अझै उपचाररत छन्।

आगलागी नियन्त्रणमा आएपछि क्षतिको मूल्यांकन हुने बताइएको छ। रासायनिक सामग्री भण्डारण डिपोमा आगलागी भएको आशंका गरिएको छ। सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको छानबिन गर्न आदेश दिएका छन्।

सामाजिक सञ्जाल र सिसिटिभी फुटेजमा सानो आगोबाट ठुलो विस्फोट भएको देखिन्छ। राष्ट्रपति मसूद पेजेस्कियन घाइतेहरू भेट्न अस्पताल पुगेका छन्। रूसले आगो नियन्त्रणका लागि सहयोगी विशेषज्ञहरू पठाएको छ।

देशभर सोमबार राष्ट्रिय शोक र होर्मोजगन प्रान्तमा तीन दिनको शोक घोषणा गरिएको छ। विस्फोटको समय ओमानमा इरानी र अमेरिकी प्रतिनिधिहरूको वार्ता भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्