Trending
सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाउन काउन्सिलको पहल     |     एमएम कप : आसामद्वारा कोशी पराजित     |     देशभर आंशिकदेखि साधारण बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना     |     यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?     |     ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने     |     वर्ल्ड प्रिमियरको लागि ‘जार’ टिम सिक्किम प्रस्थान     |     एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध     |     प्रभु साहको प्रश्न, ‘भन्सार विद्येयकमा व्यक्तिको निजी सम्पत्ति जफत गर्ने प्रावधान किन राखियो ?’     |     प्राकृतिक प्रकोपबाट पीडित मधेसका किसानलाई राहत दिन सरकारसंग प्रभु साहको माग     |     निर्णयको मितिबाटै निर्वाह भत्ता दिन निजी मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगको आदेश     |    
समाचार

प्राकृतिक प्रकोपबाट पीडित मधेसका किसानलाई राहत दिन सरकारसंग प्रभु साहको माग

१५ बैशाख २०८२, सोमबार ११:५७

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण हुलाकी राजमार्ग निर्माण हुन नसकेको बताएका छन् । एमालेको मधेस विरोधी सोचका कारण हुलाकी राजमार्ग समयमै निर्माण हुन नसकेको उनले बताए ।

प्रतिनिधि सभाको आज (सोमबार) बसेको बैठकमा साहले हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक खण्ड अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक बर्षौदेखी ठेक्का भएर पनि निर्माण नहुनुको कारण सरकारसंग जवाफ माग गरेका छन् ।

‘हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने सडक निर्माण हुन नसक्दा सर्वसधारणले सास्ती खेप्नुपरेको छ । बर्षाका कारण अहिले हिलामय बनेको छ । १० बर्षौदेखी बनाउन शुरु गरिएको सो सडक ठेकेदारले समयमै नबनाउँदा उसमाथि कानून लाग्छ कि लाग्दैन्,’ आजपा अध्यक्ष साहले भने, ‘खासगरी प्रधानमन्त्रीसंग मेरो प्रश्न छ, त्यहाँबाट एमालेकै मेयर, विधायक, सांसद जितेको छ । भौतिक मन्त्री, अर्थमन्त्री पनि एमालेकै छ । प्रधानमन्त्री पनि एमालेकै छ । तर पनि ३ किलोमिटर सडक कालोपत्रे हुन नसक्नुको कारण के छ ? सरकारले जवाफ दिनुपर्छ ।’

सरकारकै लापरवाहीले मटिअर्वा–कलैया–पिलुवा सडक निर्माण सम्पन्न नहुँदा सर्वसधारणले सास्ती खोप्न बाध्य भएको उनले बताए । ठेक्का लागेको बर्षौ भए पनि निर्माण कार्य किन तोकिएकै समयमा सम्पन्न भएन त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग उनले गरे ।

यस्तै आजपा अध्यक्ष साहले हिजोराती आएको हावाहुरी र असिनापानीका कारण मधेस पुरै प्रभावित भएको बताए । बारा, रौतहट, पर्सा सहितका मधेसका जिल्लामा सर्वसधारणको बालीनालीमा क्षति पुगेको र जनजिवन प्रभावित भएको छ ।

आँप, लिचि सहित तरकारी खेतीमा क्षति पुगेको बताउदै उनले किसानलाई राहत दिनुपर्ने माग सरकारसंग गरे । प्राकृतिक प्रकोपबाट पीडितलाई राहत तथा अवरुद्ध सेवाहरु सूचारु गर्नका लागि उनले सरकारसंग जोडदार माग गरेका छन् ।

‘किसानको आँप, लिचि सहित तरकारी खेतीमा क्षति पुगेको छ । गरिबका घरको छाना उडाएको छ भने कतिपयको घर भत्किएको छ । बिधुतका पोल ढलेर बिधुत अवरुद्ध छ, सञ्चार सेवा पनि अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ,’ आजपा अध्यक्ष साहले भने ।

प्रतिक्रिया दिनुहोस्