Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

वर्ल्ड प्रिमियरको लागि ‘जार’ टिम सिक्किम प्रस्थान

१६ बैशाख २०८२, मंगलवार १०:३३

काठमाडौं । यही वैशाख २६ (मे ९) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को वर्ल्ड प्रिमियरको लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ ।

निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितको टिम मङ्गलवार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।

फिल्मको वर्ल्ड प्रिमियर यही बुधवार गान्तोक सिक्किममा हुँदै छ । फिल्म, कला साहित्य सम्बद्ध दिग्गज व्यक्तित्वहरू, विभिन्न राजनीतिज्ञ, व्यापारी, समाजसेवीसहितको उपस्थितिमा भव्य  प्रिमियरको आयोजना गरिएको निर्देशक लामाले बताए ।

सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी) मा यो फिल्मको दोस्रो प्रिमियर तय गरिएको छ । स्थानीय दर्शक तथा शुभचिन्तकहरूसँग सँगै फिल्म हेरेर कलाकार तथा निर्माण टिमले प्रतिक्रिया समेत लिनेछ, भने दार्जिलिङमा पनि फिल्मको प्रचारात्मक कार्यक्रम तय छ ।

यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । फिल्ममा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाले प्रमुख स्थान लिएका छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्म ‘जार’मा अखिलेश राईको सम्पादन छ । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

प्रतिक्रिया दिनुहोस्