Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

१६ बैशाख २०८२, मंगलवार १०:३५

काठमाडौं। निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

यो चलचित्रमा आशीर्वादको साथमा अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिका रहने निर्देशक अभि श्रेष्ठले पुष्टि गरे ।

केही समयदेखि कार्यशालामा रहेको यो चलचित्र वन टु थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुँदैछ । छायाङ्कनका लागि तयारीको अन्तिम चरणमा रहेको यसको छायाङ्कन निर्देशन श्याम तामाङले गर्नेछन् ।

एक समयको चर्चित टेलिभिजन शो ‘प्ले इट अन’का समूहद्वारा निर्माण हुन लागेको ‘माया प्रीति’लाई प्राविधिक, क्रियटिभ र व्यवस्थापनमा अनुभव भएका टिमले निर्माण गरिरहेको हुँदा यसलाई एक प्रतीक्षित चलचित्रको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्