Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

१६ बैशाख २०८२, मंगलवार १०:३५

काठमाडौं। निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

यो चलचित्रमा आशीर्वादको साथमा अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिका रहने निर्देशक अभि श्रेष्ठले पुष्टि गरे ।

केही समयदेखि कार्यशालामा रहेको यो चलचित्र वन टु थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुँदैछ । छायाङ्कनका लागि तयारीको अन्तिम चरणमा रहेको यसको छायाङ्कन निर्देशन श्याम तामाङले गर्नेछन् ।

एक समयको चर्चित टेलिभिजन शो ‘प्ले इट अन’का समूहद्वारा निर्माण हुन लागेको ‘माया प्रीति’लाई प्राविधिक, क्रियटिभ र व्यवस्थापनमा अनुभव भएका टिमले निर्माण गरिरहेको हुँदा यसलाई एक प्रतीक्षित चलचित्रको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्