Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एमएम कप : आसामद्वारा कोशी पराजित

१७ बैशाख २०८२, बुधबार १०:१६

बिराटनगर। बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ।

बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको ठूलो अन्तरले पराजित गर्यो।

२१० रनको लक्ष्य पछ्याएको कोशीले ३७. २ ओभरमा ११२ रनमा सबै विकेट गुमायो। कमजोर ब्याटिंग गरेको कोशीको लागि आइस भट्टराई र बिपिन महतोले सर्वाधिक १५ रन योगदान दिए। चिराग शाहले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आसामको बलिंगतर्फ तापन कुमार शर्मा र गोकुल शर्माले समान ३ विकेट लिए। राज विश्वले २ तथा चिरन्तन खत्तिनियर र अमित सिन्हाले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको आसाम क्रिकेट क्लबले ४७.३ ओभरमा २०९ रनमा सबै विकेट गुमाएको थियो।

आसामको ब्याटिंगमा कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रन योगदान दिए जुन क्रममा उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अरुण सोनारले ५१ रन बनाए जुन क्रममा ७६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। राज विश्वले २४, केभिन संजिवले १५ तथा अमित सिन्हाले १२ रन बनाए। ३३ रनमा ३ विकेट गुमाएको अवस्थाबाट चौंथो विकेटको लागि गोकुल र अरुणले शतकीय साझेदारी गर्दै १०६ रन जोडे।

कोशी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर प्रेम कामतले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन गर्दै ४ विकेट लिए। बिपिन कुमार महतो र भुपाल लुइँटेलले समान २ विकेट लिए। फिर्दोश अन्सारी र प्रकाश कार्कीले १/१ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका आसामका गोकुल शर्मा प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समुह ‘बि’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन्।

प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

आफ्नो पहिलो खेलमा कोशीले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। आसामसंग हार पछि अब समुह ‘बि’ बाट फाइनल पुग्ने टिमको निर्क्योल बिहिबार हुने नेपाल पुलिस क्लब र आसाम बीचको खेलले निर्धारण गर्नेछ। आसामले पुलिसलाई पराजित गरेको खण्डमा आसाम दुवै जितको साथ समुह विजेताको रुपमा फाइनल पुग्नेछ। यदी पुलिस विजयी भएको खण्डमा पुलिस, कोशी र आसाम मध्ये नेट रन रेटमा अघि हुने टिम फाइनल पुग्नेछ। समुह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल शनिवार हुनेछ।

प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समुह ‘बि’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन्।

प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्