Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
खेलकुद

हिमालयन जाभा बास्केटबल लिगको खेलतालिका सार्वजनिक

१८ बैशाख २०८२, बिहीबार १६:२५

काठमाडौं। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ ।

यही बैशाख २० गते देखि सुरु हुने लिगको बुधबार खेलतालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि प्रतिस्पर्धा हुनेछ ।
यस्तै बैशाख २१ गते आइतबार टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच हुनेछ ।

हिमालयन जाभासँगको सहकार्यमा हुने लिगमा ६ टिमको सहभागिता रहनेछ । विकेण्डमा खेलहरु आयोजना गर्ने योजना अनुसार यो बास्केटबल लिग हुन लागेको हो ।सुरुमा शनिवार र आइतबारमात्रै खेल गर्ने तयारी रहेपनि वर्षाको मौसम र लामो समय लाग्ने भएकोले थप दुई दिन मंगलबार र बुधबार पनि खेल गर्न लागिएको आयोजक नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।

६ साता चल्ने बास्केटबल लिगमा पाँच साता लिग चरणका खेलहरु हुनेछ । हरेक साता कूल ६ खेल हुनेछ भने हरेक साता एक टिमले दुई-दुई खेल खेल्नेछन् ।पहिलो साता मंगलबार हाउण्ड्स र टाइम्स तथा रोएल्स र गोल्डेनगेटबीच खेलहुनेछ भने बुधबार सामाखुशी र कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ ।

दुई खेल हुने दिनमा पहिलो खेल दिउँसो ४ बजे र दोस्रो खेल बेलुका ७ बजे सुरु हुनेछ । यस्तै एक खेल हुने दिन साँझ ७ बजे मात्र खेल हुनेछ ।
लिगका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद हातमा रहेको आउटडोर कोर्टमा खेलाउने तयारी छ ।

प्रतियोगितामा टाइम्स क्लब, हाउण्ड्स एकेडेमी, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

डबल राउण्ड रोविन प्रणालीका आधारमा हुने लिगमा ३० खेल हुनेछ । त्सपछि शीर्ष दुईमा रहने टिमबीच फाइनल खेल हुनेछ । फाइनलमा भने दुई खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्