Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

सरकारको नीति तथा कार्यक्रमले देशलाई निकास दिदैन : प्रभु साह

१९ बैशाख २०८२, शुक्रबार १३:०३

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले आज संघीय संसद्मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रमलाई कर्मकाण्डी र गत वर्षकै कार्यक्रमको निरन्तरताको संज्ञा दिएका छन् ।

उनले सरकारले आज ल्याएको नीति तथा कार्यक्रमले मुलुकलाई निकास नदिनेपनि ठोकुवा गरेका छन् । नीति तथा कार्यक्रमबारे संघीय संसद भवन बानेश्वरमा प्रतिक्रिया दिने क्रममा साहले यसले देशलाई निकास दिन नसक्नेमात्रै नभएर ‘क्यान्सरको रोगाीलाई टिबीको औषधी’ को संज्ञा दिएका छन् ।

उनले आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम गत वर्षकै कार्यक्रमलाई ‘कपी एण्ड पेष्ट’ गरिएको पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्