Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
कला र मनोरन्जन

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

२० बैशाख २०८२, शनिबार ०२:३२

काठमाडौँ- चर्चित रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका गायक प्रशेष पाण्डेले जितेका छन्। राजधानीमा शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन्।

फस्ट रनरअप कोच मेलिना राईको टिमबाट खोटाङका रोशन राई, सेकेन्ड रनरअप कोच राजु लामाको टिमबाट इलामका प्रमेश राई र थर्ड रनरअप कोच उदय सोताङको टिमबाट सिक्किमकी अर्पणा आचार्य बने।

फिनाले कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । विजेताले नगद २० लाख रुपैयाँसहित थप दुई प्रायोजकहरूबाट १/१ लाख रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरे ।

उपाधि जितेपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रशेष पाण्डेले भने, ‘यो जित फरक क्षमता भएका व्यक्तिहरूको जित हो । फरक क्षमता भएका व्यक्तिहरू पनि गायनमा उत्कृष्ट हुन सक्छन् भन्ने कुराको यो प्रमाण हो ।’

फिनाले कार्यक्रममा विभिन्न कोच तथा प्रतिस्पर्धीहरूबीच सांगीतिक प्रस्तुति पनि भएको थियो, जसमा पूर्व विजेता किरण गजमेरको प्रस्तुति विशेष आकर्षण बन्यो।

प्रतिक्रिया दिनुहोस्