Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

९ आश्विन २०८१, बुधबार ०३:२४

९ असोज, जनकपुरधामसिरहामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

आफ्नै वुवा ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा औरही गाउँपालिका(३ खजनपुर टोल बस्ने ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै मृत्यु भएको हो।

कुटपिट लगत‌ै प्रहरी चौकी औरहीबाट गएको टोलीले  छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ।  मृतक भालेश्वरको शवको पोष्टमार्टम गरेर उनको छोरा राम प्रतापलाई शव जिम्मा लगाएको र जेठो छोराविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यस बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्