Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

तीनकुने घटनामा संलग्न खेमराज सेढाई पक्राउ

२२ बैशाख २०८२, सोमबार १२:२४

काठमाडौं। काठमाडौंको तीनकुनेमा भएको तोडफोड र आगजनी घटनामा संलग्न थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्दै आएका ७२ वर्षीय खेमराज सेढाई रहेका छन्।

गत चैत १५ गते ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा उनी आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सेढाई राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका सल्लाहकार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्