Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

तीनकुने घटनामा संलग्न खेमराज सेढाई पक्राउ

२२ बैशाख २०८२, सोमबार १२:२४

काठमाडौं। काठमाडौंको तीनकुनेमा भएको तोडफोड र आगजनी घटनामा संलग्न थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्दै आएका ७२ वर्षीय खेमराज सेढाई रहेका छन्।

गत चैत १५ गते ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा उनी आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सेढाई राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका सल्लाहकार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्