Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बैंकका मर्चेन्टहरूलाई देश–विदेशबाट सहज भुक्तानी सुविधा

२३ बैशाख २०८२, मंगलवार ११:३६

काठमाडौँ। ग्लोबल आईएमई बैंकले नेपाल क्लियरिङ हाउसको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुरू गरेको छ। यसमार्फत बैंकका मर्चेन्टहरूले भिसा र मास्टर कार्डबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्न सक्नेछन्।

ई–कमर्स कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले सुरू गरिएको यो गेटवेको माध्यमबाट मर्चेन्टहरूले देशविदेशबाट सहज रूपमा भुक्तानी लिन सक्नेछन्। ट्राभल एजेन्सी, होटल, एअरलाइन्स, अस्पताल जस्ता व्यवसायहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

थ्रीडी सेक्योर्ड प्रविधि प्रयोग गरिएकाले कारोबार थप सुरक्षित हुने बैंकको दाबी छ। ग्लोबल आईएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अर्वार्ड फर एक्सलेन्स २०२४’ प्राप्त भइसकेको छ।

सतहत्तरै जिल्लामा सेवा विस्तार गरेको बैंकका ३५४ शाखा, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ वटा वैदेशिक कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्र छन्।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, कोरिया, जापान, साउदी, कतार, युएई, बहराइन, कुवेत, भारतलगायत देशबाट रेमिट्यान्स सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्