Trending
एसईईमा ४.० जिपिए ल्याउने बाँकेकी सृजना डि.सी. पहिलो विद्यार्थी     |     विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन     |     सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक     |     धितोपत्र बजार पुँजीकरणमा रेकर्ड ब्रेक, ४४ खर्ब २३ अर्ब पुग्यो     |     प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै     |     खानेपानीको व्यवस्था गर्न नसक्ने खानेपानी मन्त्रालय खारेज गर्नुपर्ने प्रभु साहको सुझाव     |     मुख्यमन्त्री कँडेलले गुरुयोजना निर्माणलाई दिए प्राथमिकता     |     जाजरकोट डिभिजन वन प्रमुखमाथि कार्यकक्षमै हातपात     |     खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा     |     गृहमन्त्रीसंग प्रभु साहको प्रश्न, ‘तपाईहरुको कमाण्डमा सुरक्षा निकाय छ की छैन ?’     |    
समाचार

चितवनमा जी मोटर्सको नयाँ शोरुम सञ्चाल

२३ बैशाख २०८२, मंगलवार ११:५२

काठमाडौँ। विद्युतीय सवारी साधनको क्षेत्रमा सक्रिय जी मोटर्सले चितवनको भरतपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले एच३आर मोटर्सलाई आधिकारिक डिलरका रूपमा नियुक्त गर्दै सोमबार आयोजित एक कार्यक्रममार्फत नयाँ शोरुमको उद्घाटन गरेको हो।

शोरुम उद्घाटन समारोहमा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल र एच३आर मोटर्सका हरि भण्डारीको उपस्थिति रहेको थियो। शोरुम सञ्चालनसँगै जी मोटर्सले चिनियाँ ब्रान्ड स्काईवेलका गाडीहरू चितवन क्षेत्रबाट औपचारिक रूपमा बिक्री सुरु गरेको छ।

शोरुम उद्घाटनको दिन पहिलो ग्राहकको रूपमा कृष्ण रेग्मीले स्काईवेल बीई११ मोडलको गाडी बुक गरेका छन्, जुन एकपटकको चार्जमा ५२० किलोमिटर रेन्ज दिने विद्युतीय सवारी हो।

चितवनको नयाँ शोरुममार्फत ग्राहकहरूले स्काईवेलका विभिन्न मोडलहरू हेर्न, टेस्ट ड्राइभ गर्न र बुकिङ गर्न सक्ने सुविधा पाउनेछन्। जी मोटर्सले नेपालमा ६२० किलोमिटर रेन्ज भएको स्काईवेल ईटी५ मोडल समेत उपलब्ध गराउँदै आएको छ, जुन हालसम्मकै सबैभन्दा लामो रेन्ज भएको एसयूभी हो।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालका अनुसार स्काईवेलको सफलताको पछाडि यसको प्रिमियम उत्पादन, स्थापित ब्रान्ड इमेज, र नेपालभरको बलियो बिक्री–पछिको सेवा छ। उनले भने, “हामी बिक्रीसँगै सेवा गुणस्तरमा पनि उच्च प्राथमिकता दिन्छौं। चितवनमा नयाँ शोरुम स्थापनाले स्काईवेलको बजार विस्तारमा नयाँ सम्भावना खोल्नेछ।”

स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थको ब्रान्ड हो र हाल ६५ भन्दा बढी देशहरूमा यसको गाडी बिक्री हुँदै आएको छ। साथै, कम्पनीले ‘स्काईवेल ड्राइभ–२०२५: नेपाल टु युरोप’ नामक आकर्षक क्याम्पेन पनि घोषणा गरेको छ। उक्त क्याम्पेनअन्तर्गत स्काईवेलको गाडी खरिद गर्ने ग्राहक र उनका पार्टनरले युरोप घुम्न पाउने अवसर प्राप्त गर्नेछन्। साथै, टेस्ट ड्राइभ गर्ने एक महिला र एक पुरुषलाई पनि युरोप टुरको अवसर दिइनेछ।

प्रतिक्रिया दिनुहोस्