Trending
बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न     |     टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो     |     सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता     |     झापा गोल्डकपः एपिएफ फाइनलमा     |     सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता     |     भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक     |     सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते     |     म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती     |     रणवीर सिंहलाई ज्यान मार्ने धम्की     |     ल्होसार कप : खुम्बु र आमादब्लाको जित     |    
समाचार

चितवनमा जी मोटर्सको नयाँ शोरुम सञ्चाल

२३ बैशाख २०८२, मंगलवार ११:५२

काठमाडौँ। विद्युतीय सवारी साधनको क्षेत्रमा सक्रिय जी मोटर्सले चितवनको भरतपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले एच३आर मोटर्सलाई आधिकारिक डिलरका रूपमा नियुक्त गर्दै सोमबार आयोजित एक कार्यक्रममार्फत नयाँ शोरुमको उद्घाटन गरेको हो।

शोरुम उद्घाटन समारोहमा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल र एच३आर मोटर्सका हरि भण्डारीको उपस्थिति रहेको थियो। शोरुम सञ्चालनसँगै जी मोटर्सले चिनियाँ ब्रान्ड स्काईवेलका गाडीहरू चितवन क्षेत्रबाट औपचारिक रूपमा बिक्री सुरु गरेको छ।

शोरुम उद्घाटनको दिन पहिलो ग्राहकको रूपमा कृष्ण रेग्मीले स्काईवेल बीई११ मोडलको गाडी बुक गरेका छन्, जुन एकपटकको चार्जमा ५२० किलोमिटर रेन्ज दिने विद्युतीय सवारी हो।

चितवनको नयाँ शोरुममार्फत ग्राहकहरूले स्काईवेलका विभिन्न मोडलहरू हेर्न, टेस्ट ड्राइभ गर्न र बुकिङ गर्न सक्ने सुविधा पाउनेछन्। जी मोटर्सले नेपालमा ६२० किलोमिटर रेन्ज भएको स्काईवेल ईटी५ मोडल समेत उपलब्ध गराउँदै आएको छ, जुन हालसम्मकै सबैभन्दा लामो रेन्ज भएको एसयूभी हो।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालका अनुसार स्काईवेलको सफलताको पछाडि यसको प्रिमियम उत्पादन, स्थापित ब्रान्ड इमेज, र नेपालभरको बलियो बिक्री–पछिको सेवा छ। उनले भने, “हामी बिक्रीसँगै सेवा गुणस्तरमा पनि उच्च प्राथमिकता दिन्छौं। चितवनमा नयाँ शोरुम स्थापनाले स्काईवेलको बजार विस्तारमा नयाँ सम्भावना खोल्नेछ।”

स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थको ब्रान्ड हो र हाल ६५ भन्दा बढी देशहरूमा यसको गाडी बिक्री हुँदै आएको छ। साथै, कम्पनीले ‘स्काईवेल ड्राइभ–२०२५: नेपाल टु युरोप’ नामक आकर्षक क्याम्पेन पनि घोषणा गरेको छ। उक्त क्याम्पेनअन्तर्गत स्काईवेलको गाडी खरिद गर्ने ग्राहक र उनका पार्टनरले युरोप घुम्न पाउने अवसर प्राप्त गर्नेछन्। साथै, टेस्ट ड्राइभ गर्ने एक महिला र एक पुरुषलाई पनि युरोप टुरको अवसर दिइनेछ।

प्रतिक्रिया दिनुहोस्