Trending
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ     |     सीता जयन्ती राष्ट्रिय पर्वको रुपमा मनाऔँ : प्रभु साह     |     स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ     |     चितवनमा जी मोटर्सको नयाँ शोरुम सञ्चाल     |     बैंकका मर्चेन्टहरूलाई देश–विदेशबाट सहज भुक्तानी सुविधा     |     तीनकुने घटनामा संलग्न खेमराज सेढाई पक्राउ     |     पोखरामा हावाहुरीसहितको वर्षा, फेवातालमा डुंगा पल्टियो     |     खोलामा डुबेर दुई किशोरको मृत्यु     |     मोबाइलमा बारम्बार नेटवर्क गायब हुन्छ? यी सजिला उपायले मिल्छ समाधान     |     गुगलविरुद्धको मुद्दाले मोजिल्ला फायरफक्सलाई अस्तित्व संकटमा पुर्‍याउने खतरा     |    
समाचार

सीता जयन्ती राष्ट्रिय पर्वको रुपमा मनाऔँ : प्रभु साह

२३ बैशाख २०८२, मंगलवार १२:४४

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सीता जयन्ती राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताएका छन् । सीता दृढता, त्याग र संघर्षको प्रतिक भएको बताउदै उनले सीताबाट धेरै कुरा सिक्नुपर्ने बताए ।

काठमाडौंको कोटेश्वर स्थित पार्टी केन्द्रीय कार्यालयमा आज (मंगलबार) आजपा निकटको आम महिला मोर्चा काठमाडौं उपत्यका कमिटीको आयोजनामा भएको जानकी जयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पुरातनकालमा अन्यायको सिकार भएकी सीता २१औं शताब्दीको आफ्नै भूमिमा समेत अन्यायमा पर्नु दुःखद भएको साहले बताए । नेपाललाई विश्वमै चिनाउने राष्ट्रिय विभुति सीताको जन्मदिनमा सरकारले राष्ट्रिय विदा नदिनु र सरकारी स्तरबाटै कुनै कार्यक्रम नहुनु भनेको लैंगिक विभेद भएको उनले बताए ।

नेपालको राष्ट्रिय विभूती एवं विश्वमै नेपाललाई चिनाउने सीता माताको जन्मदिनलाई सरकारी क्यालेण्डरमा राखेर उत्सवका रुपमा मनाउनुपर्ने उनले बताए ।

‘हामीले रामनवमी मनाउछौं, त्यो खुशीको कुरा हो । तर नेपालको राष्ट्रिय विभूती, नेपाललाई विश्वमै चिनाउने सीता माताको जन्मजयन्ती किन नमाउँने । सरकारी क्यालेण्डरमा सीता जयन्ती किन उल्लेख नगरेको म सरकारसंग सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘सीता जयन्ती सरकारी क्यालेण्डरमा राख्नुपर्छ । नेपालभरी भव्यरुपमा हामीले राम जयन्ती मनाउँछौं । राम नवमीमा विदा दिने सरकारले आफ्नै देशको राष्ट्रिय विभूतीलाई विर्सन मिल्दैन् ।’

आजपा अध्यक्ष साहले विगत एक दशक देखी सीता जयन्तीको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री भएको सरकारमा सहभागि साहले सीता जयन्ती सरकारी क्यालेण्डरमै राख्नुपर्ने अडान राखेका थिए । तर त्यतिवेला सरकारले उनको माग सुनुवाई नगरेको उनले बताए । आउने दिनमा सरकारले सरकारी क्यालेण्डरमै सीता जयन्ती राख्नका लागि जनदबाब आवश्यक रहेको उनले बताए ।

‘हाम्रो समाजमा पुरुषहरु आफ्नो योगदानको बारेमा चर्चा गर्छन तर महिलाको योगदानको बारेमा चर्चा हुदैन् । पुरुषको जन्मदिन भव्यरुपमा मनाउँने तर महिलाको जन्मदिन नमनाउने बिषय ठिक होईन्’ साहले भने, ‘सीता माता सहित महिलाहरुले गरेको योगदानको चर्चा हुन आवश्यक छ । देश, समाजका लागि योगदान गर्ने महिलाको पुरष जस्तै सम्मान हुनुपर्छ ।’

महिला मोर्चा वागमती प्रदेशका इन्चार्ज देवकुमारी साहको अध्यक्षतामा भएको सो कार्यक्रममा आजपा सहअध्यक्ष तिलक थापामगर, प्रवक्ता चन्द्रभुषण साह, महिला नेतृहरु रन्जु साह, सिमा जैसवाल ममता साह लगायतकाले माता सीताको बारेमा चर्चा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्