Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

भारतीय आक्रमणमा मसूद अजहरका १० आफन्त र ४ सहयोगीको मृत्यु

२४ बैशाख २०८२, बुधबार ०९:२१

भारत। भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरका परिवारका सदस्य र निकट सहयोगीमार्गत बन्न पुगेका छन्।

संगठनले जारी गरेको विज्ञप्तिअनुसार, बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरकी दिदी, भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी, परिवारका पाँच छोराछोरी, साथै तीन नजिकका सहयोगी र तीमध्ये एक सहयोगीकी आमा मारिएका छन्।

नेपालको राष्ट्रिय सुरक्षाका चिन्तासँग जोडिएको यो घटना फेब्रुअरी २०१९ मा जम्मू–कश्मीरमा भएको जैश–ए–मोहम्मदको आत्मघाती हमलाको पृष्ठभूमिमा आएको हो, जसमा ४० जना भारतीय सैनिकको ज्यान गएको थियो।

भारतीय सेनाले ‘अपरेशन सिन्दूर’का रूपमा राति १ः०५ देखि १ः३० बजेसम्म आक्रमण सञ्चालन गरेको जनाएको छ। कर्णेल सोफिया कुरेशीका अनुसार, यो अपरेशन पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूलाई न्याय दिलाउने प्रयासस्वरूप सञ्चालन गरिएको थियो जसअन्तर्गत नौ आतंकवादी शिविरहरू ध्वस्त पारिएका छन्।

यस हमलापछि दुबै देशले क्षतिबारे फरक–फरक विवरण दिएका छन्। पाकिस्तानले २६ जना सर्वसाधारणको मृत्यु र ४६ जनाको घाइते भएको बताएको छ भने, भारतले नियन्त्रण रेखामा भएको सीमापार गोलाबारीमा १० भारतीय सर्वसाधारणको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्