Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

भारतीय आक्रमणमा मसूद अजहरका १० आफन्त र ४ सहयोगीको मृत्यु

२४ बैशाख २०८२, बुधबार ०९:२१

भारत। भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरका परिवारका सदस्य र निकट सहयोगीमार्गत बन्न पुगेका छन्।

संगठनले जारी गरेको विज्ञप्तिअनुसार, बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरकी दिदी, भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी, परिवारका पाँच छोराछोरी, साथै तीन नजिकका सहयोगी र तीमध्ये एक सहयोगीकी आमा मारिएका छन्।

नेपालको राष्ट्रिय सुरक्षाका चिन्तासँग जोडिएको यो घटना फेब्रुअरी २०१९ मा जम्मू–कश्मीरमा भएको जैश–ए–मोहम्मदको आत्मघाती हमलाको पृष्ठभूमिमा आएको हो, जसमा ४० जना भारतीय सैनिकको ज्यान गएको थियो।

भारतीय सेनाले ‘अपरेशन सिन्दूर’का रूपमा राति १ः०५ देखि १ः३० बजेसम्म आक्रमण सञ्चालन गरेको जनाएको छ। कर्णेल सोफिया कुरेशीका अनुसार, यो अपरेशन पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूलाई न्याय दिलाउने प्रयासस्वरूप सञ्चालन गरिएको थियो जसअन्तर्गत नौ आतंकवादी शिविरहरू ध्वस्त पारिएका छन्।

यस हमलापछि दुबै देशले क्षतिबारे फरक–फरक विवरण दिएका छन्। पाकिस्तानले २६ जना सर्वसाधारणको मृत्यु र ४६ जनाको घाइते भएको बताएको छ भने, भारतले नियन्त्रण रेखामा भएको सीमापार गोलाबारीमा १० भारतीय सर्वसाधारणको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्