Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
समाचार

‘ह्याक फर नेपाल’ ४८ घण्टे ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा हुने

२४ बैशाख २०८२, बुधबार ०९:३५

 काठमाडौँ। नेपाल स्टुडेन्ट्स आईटी क्लबले ‘ह्याक फर नेपाल’ नामक ४८ घण्टे ह्याकाथन आयोजना गर्ने भएको छ।

यो कार्यक्रम जेठ १५, १६ र १७ गते नेपाल कलेज अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी (एनसीआईटी), बालकुमारीमा हुने तय भएको छ। ‘४८ घण्टा, एक लक्ष्य, अनगिन्ती नवप्रवर्तन’ भन्ने नारासहित आयोजना हुने यस ह्याकाथनको मुख्य उद्देश्य नेपाली युवाहरूलाई प्रविधिको प्रयोगमार्फत समाजका विविध समस्याहरू समाधान गर्न प्रेरित गर्नु हो।

प्रतियोगितामा सहभागी हुने टोलीहरूले चारवटा मुख्य क्षेत्रमा—स्वास्थ्य सेवा, कृषि, खुला नवप्रवर्तन र ई-शासन—बाट कुनै एक विषय रोजेर त्यसमा आधारित समस्या समाधानको नयाँ उपाय वा परियोजना विकास गर्नु पर्नेछ। कार्यक्रम अवधिभर टोलीहरूले अवधारणा निर्माण, प्रोटोटाइप विकास र समाधान प्रस्तुतिकरणका चरणहरूमा काम गर्नेछन्। उत्कृष्ट प्रोजेक्ट तयार गर्ने टोलीले १ लाख ६० हजार रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर पाउनेछन्।

नेपाल विद्यार्थी संघ, एनसीआईटी यस ह्याकाथनमा सह–आयोजकको रूपमा आबद्ध रहेको छ। आयोजकको भनाइमा, यस ह्याकाथनले युवाहरूमा नवप्रवर्तनशील सोच विकास गर्न, स्थानीयस्तरमै प्राविधिक समाधानहरू सिर्जना गर्न र दीर्घकालीन सामाजिक तथा प्राविधिक समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमले देशभित्रै युवाहरूलाई सिर्जनशील कार्यमा लाग्न प्रोत्साहन गर्ने र नेपालमा नवप्रवर्तनलाई व्यवहारमा उतार्ने उद्देश्य राखेको आयोजक क्लबको भनाइ छ। यो ह्याकाथन प्रविधिको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने यात्राको सुरुआतको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्